काठमाडौं, साउन २७ गते। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ। यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११) सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ।विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ। जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो। यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आकलन गरेको छ। सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ। हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिनुभयो। यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ। उहाँले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको बताउनुभयो। प्रदेश नम्बर १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ।नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ। नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ। मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताउनुभयो। महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशका थोरै स्थानमा मेघ,गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानमा मेघरगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भोलि आइतबार र सोमबार मौसम बदली भएर देशका धेरेजसो स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो। शुक्रबार काठमाडौंको अधिकतम ३० दशमलव पाँच र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ। वीरेन्द्रनगरमा १४ र पोखरामा १० मिलिमिटर वर्षा भएको छ। राजधानी काठमाडौंमा गए रातिदेखि वर्षा भएकाले छैन। बिहान मौसम खुले पनि अहिले उपत्यकाको आकाश आंशिक बदली रहेको छ। रासस
काठमाडौं, साउन २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताउनुभएको छ। नेपाल कुशवाहा कल्याण समाजको ३१औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले समृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “देशका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भए मात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ।” सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिवद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो। उहाँले कुशवाहा समुदायले मुलुक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गर्दै संवृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताउनुभयो। समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरुले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। रासस
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ।
कबिराज घिमिरे हिले, साउन २७ गते। धनकुटामा शुक्रबार गाईजात्रा मनाइएको छ। विभिन्न टोलबाट जात्रा निकालेर गाईजात्रा मनाइएको हो। नेवारी समुदायको बाहुल्य रहेको धनकुटामा निकालिएको गाईजात्रा श्रीवानीमा भेला भएर एकैपटक बजार परिक्रमा गराइएको छ। मृत व्याक्तिको सम्झनामा गाईजात्रा पर्व मनाउने गरिन्छ। गाईजात्रा मदनचोक, चुवाको बोट, कोशी ग्यास, परिचय मोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो। यसरी नगर परिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ। गाईजात्रासँगै लाखेनाच र लाठीनाच निकालिएको थियो। गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ। पछिल्लो समय गाईजात्रामा धेरै भिन्नता आएको जानकार बताउँछन्। पहिले र अहिलेको परम्परामा धेरै फरक आइसकेको छ। पहिले गाई नै चाहिन्थ्यो भने अहिले मानिसलाई गाईको प्रतीक मानेर गाईजात्रा मनाउने चलन बढेको छ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिँदै आएको सेवा शुल्कहरुमा पुनरवलोकन गरेको छ । अस्पताले शुक्रबार विज्ञप्ति जारी गर्दै सेवा शुल्कमा पुनरवलोकन गरेको जनाएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नम्बर १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ।
महिला नेत्रीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई दवाव दिएका छन् ।
काठमाडौंमा थप एक जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार गरिएको परीक्षणमा एक जनामा हैजा पुष्टि भएको जनाएको छ । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ७१२ कोरोना परीक्षण गर्दा ७८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन भएको छ ।
ट्राफिक प्रहरीले ओभर स्पिड डिटेक्सन “राडार गन”ले तीव्र गतिमा चलाउने सवारी साधनलाई कारवाही गर्न थालेको हो । करिब एक किलोमिटर टाढाबाट नै तीव्र गतिमा आउने सवारी साधनलाई यसले पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिन्छ ।
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका वीरबहादुर शाहीको शपथ ग्रहण रोकिएको छ ।
दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।
अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवामा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो प्रतिबद्ध व्यक्त गर्नुभएको हो ।