दार्चुलाको मार्मा, बैतडीको पुर्चौडी र बझाङको बुङ्गल क्षेत्रका अधिकांश मानिस दार्चुला सदरमुकाम खलङ्गा र धार्चुलालगायत भारतका सीमावर्ती बजारमा काम खोज्न जाने गर्दछन्। यसरी मजदुरी खोज्न जानेमा किशोर, युवा र ज्येष्ठ नागरिकसम्म रहने गरेका छन्। कामको खोजीमा धार्चुला पुगेका लक्ष्मण जागरीका अनुसार वर्षात्को समयमा कामै पाइँदैन। कुनै दिन दुई/तीन सयको भारी बोक्ने काम पाए पनि कुनै दिन रित्तो हात बस्नुपर्ने हुन्छ। जागरीले भन्नुभयो, “गाउँमा काम नपाएर यहाँ आयौँ। यहाँ पनि काम नपाएर त्यत्तिकै बस्नुपरेको छ।”
शैक्षिक सत्र सुरु भएको चार महिना बित्न लाग्दा पनि कर्णालीका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। अघिल्ला वर्षजस्तै यस वर्ष पनि विद्यालय तहका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन सकेका छैनन्। भर्ना भएर विद्यालय गए पनि यो अवधिसम्म हजारौँ विद्यार्थीका हात खाली छन्। प्रदेशभरका धेरै सामुदायिक विद्यालयले पुस्तक अभाव झेलिरहेको बताइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित विद्यालयका विद्यार्थीसमेत पाठ्यपुस्तकको पर्खाइमा छन्। वीरेन्द्रनगर नगरपालिकाका सामुदायिक विद्यालयले पर्याप्त पाठ्यपुुस्तक पाएका छैनन्। प्रदेशका दुर्गम जिल्लाहरूको अवस्था उस्तै छ।
उच्च अदालतको न्यायाधीशबाट हालै बर्खास्त हुनुभएकी रेणुका शाहले पुनर्बहालीका लागि कानुनी बाटो अवलम्बन गरेसँगै थप नयाँ तथ्य देखिएका छन् । शाहले रिटमा लिनुभएका जिकिर, न्याय परिषद्मा पेस गरेको स्पष्टीकरण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले परिषद्लाई गरेको पत्राचारलगायतमा नयाँ तथ्य देखिएका छन् । शाहले कानुन व्यवसायमा निरन्तर रहेको जिकिरलाई सीटीईभीटीको पत्राचारले खण्डित गरेको छ । पहिलो पटक शाहविरुद्ध परेको रिट खारेजीमा पनि सर्वोच्चले तथ्य खोजभन्दा ‘आरोपमुक्त’को विधि खोजी गरेको फैसलामा पाइएको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको ८३ औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । पूूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कोइराला १९९७ साल साउन २७ गते जन्मनुभएको हो । उहाँकै नेतृत्वमा २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी भएको थियो । सुशील कोइराला मेमोरियल फाउन्डेसनले एक विज्ञप्ति जारी गरी कोइराला राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तवादी नेता भएको उल्लेख गरेको छ ।
सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन्। म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवं उपचार गर्ने उद्देश्यले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको हो। घरदैलोमै पुगेर ज्येष्ठजनको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको बेनी नगरपालिकाले जनाएको छ। बेनी नगरपालिकाभित्रका १० वटै वडाका घरघरमा पुगेर ज्येष्ठजनको तथ्याङ्क सङ्कलन, रक्तचाप चेकजाँच, स्वास्थ्य परामर्श र सामान्य औषधि वितरणका लागि कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ।
दाङको लमही नगरपालिका–५ निवासी प्रेम कालाथोकी शुक्रबार बिहानै नदीमा पुगेर अग्रजको सिको गर्दै नुहाउन थाल्नुभयो । अघिपछिका नुहाइ र शुक्रबारको नुहाउने प्रक्रिया नै फरक । “जनैपूर्णिमाको नुहाउने प्रक्रिया नै फरक हुँदो रहेछ, नुहाउँदा साबुन स्याम्पुभन्दा जौ, तिल, खरानी, दुबो, पाती, गोबर लगाउनुपर्ने मन्त्र वाचन गर्ने अग्रजले जसो गर्नुहुन्छ, त्यही गर्दै नुहाइयो,” प्रेमले भन्नुभयो । परम्परा र संस्कृति लोप हुने अवस्थामा गइरहेका बेला केही वर्षयता युवापुस्ताले पनि परस्परा, संस्कृति र अध्यात्मतर्फ चासो बढाउन थालेका छन् । पुराना पुस्ताको सिको गर्दै नयाँ पुस्ताले संस्कृति धान्न थालेकोप्रति अग्रज पनि खुसी देखिन्छन् ।
झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बू साउन अन्तिमदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैँची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरका रूपमा लिम्बूले रोजगारी पाउँदै आउनुभएको छ । रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनुभएका लिम्बूलाई इलामका किसानले दिनभरको रोजगारीसँगै ‘ओभर टाइम’ कामसमेत दिने गरेका छन् । बिहान ७ देखि साँझ ४ बजेसम्म अलैँची टिपेको रकमबाहेक प्रतिकिलोग्राम अलैँची छोडाउँदा पाँच रुपियाँ थप पाउने व्यवस्थासमेत छ । “बिहान ७ देखि ४ बजेसम्म अलैँची टिप्छौँ,” लिम्बूले भन्नुभयो, “मेलाको कामपछि घरमै बसेर छोडाउँदा प्रतिकेजी पाँच रुपियाँसमेत कमाइ हुन्छ ।”
नयाँ आर्थिक वर्ष सुरु भएदेखि निरन्तर घट्दो क्रममा रहेको निक्षेप सङ्कलनमा सुधार आउन सकेको छैन । साउन महिना लागेपछि वाणिज्य बैङ्कको निक्षेप सङ्कलनमा झनै सुस्तता आएको हो । वाणिज्य बैङ्कहरुको छाता संस्था नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार पछिल्लो दुई सातामा वाणिज्य बैङ्कहरूको निक्षेप ३२ अर्ब रुपियाँले घटेको छ । साउन ६ देखि २० गतेसम्म बैङ्कको निक्षेप ३२ अर्ब रुपियाँले घटेको हो ।
मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार बर्सेनि घट्न थालेको छ । दुई दशकअघिसम्म वार्षिक करिब अर्ब रुपियाँको निर्यात हुने गरेकामा अहिले केही करोडमा मात्र सीमित भएको छ । पछिल्लो तथ्याङ्कअनुसार गत आव २०७८/७९ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले १७ करोड ३० लाख रुपियाँको निर्यात गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । त्यसअघि आव २०७७/७८ मा मकवानपुरबाट २३ करोड ६२ लाख रुपियाँको निर्यात भएको थियो । सङ्घका अनुसार आव २०७६/७७ मा
धरानको सर्दु खोलाबाट बिजुली उत्पादन भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को सक्रियतामा १० दिनको श्रमदानबाट ७५० बाट क्षमताको टर्वाइन जडान गरी मिनी माइक्रो हाइड्रोपावर सञ्चालन गरेर बिजुली उत्पादन गरिएको हो । पावर हाउसमा ३१ मिटरको हेडबाट पानी झारेर टर्वाइन घुमाएर बिजुली निकालिएको योजनाका प्रबन्धक तर्क मगरले जानकारी दिनुभयो । वाटको हिसाबले तीन सय र भोल्टको हिसाबले २४० भोल्ट बिजुली उत्पादन भएको र यसबाट हाललाई २० वटा चिम बाल्न सकिने उहाँले जानकारी दिनुभयो ।
‘आलु काटी तामा हजुर छेपारोलाई जामा, भ्यागुतोलाई इस्टकोट...’ साढे चार दशकअघि रेडियो नेपालबाट घन्किएको यो कालजयी गीत अहिले पनि हाटबजारदेखि भान्सासम्म उत्तिकै सान्दर्भिक बनेको छ । असार लागेदेखि नै गाउँघरमा तामाको बास्नाले यो लोकगीतलाई पनि स्मरण गराएको छ । तामा नेपाली संस्कृतिको द्योतक पनि हो । यसको स्वाद र सम्झनाले मात्र पनि मन दङ्ग हुन्छ । मीठो, स्वादिलो र औषधिजन्य गुणले भरिभराउ भएकाले नेपाली भान्साको लोकप्रिय परिकारमा पर्छ । शुभ कार्यदेखि पितृ कार्यसम्म यसको प्रयोग उत्तिकै हुने गरेको छ ।
के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका छन्। इन्टरनेट प्लेटफर्ममार्फत हरेक व्यक्तिले आफ्नो विचार अभिव्यक्त गर्ने अवसर छ। इन्टरनेटमाथिको पहुँच बढ्दो छ। युट्युब पनि एउटा यस्तै इन्टरनेट प्लेटफर्मका रूपमा प्रयोगमा आइरहेको छ। यो प्लेटफर्ममार्फत पनि विभिन्न सूचना तथा सामग्री प्रवाह भइरहेका छन्। यसरी सूचना प्रवाह हुँदा त्यसलाई पनि सञ्चारमाध्यम मान्ने र त्यहाँ काम गर्नेलाई पत्रकार मान्ने सन्दर्भमा बहस भइरहेको पाइन्छ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा २२२ जना विद्यार्थी सहभागी थिए। तीमध्ये एसईई नतिजाको सबैभन्दा उच्च ग्रेड अर्थात् ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी १७ जना छन्। एसईईको नतिजा सार्वजनिक भएसँगै यस विद्यालयमा कक्षा ११ मा भर्नाको आवेदन दिने विद्यार्थीको घुइँचो लाग्न थालेको छ। सस्तो शुल्कमा स्तरीय शिक्षा भएका कारण आफूहरूले थाम्नै नसक्ने गरी विद्यार्थी भर्ना हुन आउने गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल बताउनुहुन्छ।
आवश्यकता, चेतना र प्राणवायु अथवा आत्माद्वारा सञ्चालित प्रकृत्य निर्मित मानवरूपी भौतिक यन्त्र मानव हो। यो यन्त्रको आवश्यकता उपभोग्य र उपयोगी वस्तुरूपी इन्धनबाट हुन्छ र यसको ब्रेक र लाइट चेतना हो। आँखाले हेरेर, कानले शब्दद्वारा सुनेर, नाकले गन्धद्वारा, जिब्रोले तीतो, पीरो, अमिलो र गुलियो रसद्वारा, छालाले तातो–चिसो स्पर्शद्वारा पत्ता लगाउँछ। मानव सृष्टिमा सर्वोत्कृष्ट रूपमा स्थापित भएको छ । यसमा अलग राय छैन। यसको वास्तविकता आध्यात्मिक दर्शनमा बताएजस्तो हो या नास्तिक दर्शनमा बताए जस्तो हो। सत्य–तथ्य वैज्ञानिक र प्रत्यक्ष प्रमाण कतै र कुनै पनि छैन। आ–आफ्नो विश्वासमा आधारित छ।
पृथ्वीमा जैविक अस्तित्वसँगै संवाद र सञ्चारको आवश्यकता महसुस भएको हो। यसका लागि विभिन्न सङ्केतहरू जन्मिँदै गए। मानवेतर प्राणीहरू अहिले पनि त्यत्तिकैमा बाँचेका छन्। जैविक विकास प्रक्रिया अगाडि बढ्ने क्रममा जब मानव अस्तित्वमा आयो, ऊ अङ्ग–प्रत्यङ्गको इशारालाई देख्ने–देखाउने वा मुख र कानको माध्यमले अमूर्त ध्वनिहरू निकालेर सुन्ने–सुनाउनेमा मात्रै सीमित रहेन। उसका ध्वनिहरूले सुरूमा एकध्वनीय र पछि बहुध्वनीय शब्दहरू बने। फेरि पदबन्ध बन्यो, वाक्यांश बन्यो र वाक्य हुँदै भाष्यसम्म बन्यो। यसरी ध्वनिदेखि भाष्यसम्मको उसको निर्मितिले भाषाको निर्माण गरेको हो। तसर्थ भाषा मानवीय निर्मिति हो, मानवे