सप्तरीको एक निजी अस्पतालले बिरामीको उपचार तथा जाँच नगरी शुल्क लिनेगरेको पाइएको छ । रुपनी राजविराज सडकखण्डको चारकिलो रुपनी गाउँपालिका २ मा पर्ने युनिक अस्पताल प्रालि. अस्पतालमा उपचाका लागि आएको विरामीहरुको जाँच र इलाजविना नै मोटो रकमको विल तिराउँदैआएको सेवाग्राहीको गुनासो छ ।
अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी डेढ दशकपछि बालोन डी’ओर मनोनयनमा अटाउनु भएको छैन । मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयनमा नअटाउनु भएको हो ।
काठमाडौं, साउन २८ गते । 'प्रेमगीत ३'को टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा एकै पटक 'प्रेमगीत ३'को टिजर सार्वजनिक गरिएको हो ।नेपाली भाषाको टिजर ओएसआर डिजिटलमा र हिन्दीको टिजर स्पार्कलिङ स्टुडियोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।यो फिल्म आगामी २३ सेप्टेम्बर, असोज ७ गते नेपाल र भारतमा एकैदिन प्रदर्शन हुने भएको छ ।स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका छ । फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय छ ।
बिहीबार दैलेख र कालिकोटको सीमा क्षेत्रको महावुमा लागेको मेला ।
पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार १६५ कोरोना परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन हुनुभएको छ । मञ्चको शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा हुनुभएको हो ।
काठमाडौं, साउन २८ गते । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुमा प्रवासमा रहेका नेपालीको तर्फबाट उपहारस्वरुप तीज गीत भिडियो सार्वजनिक गरिएको छ । भिडियो 'इनफोकस यु ट्युब च्यानल'मार्फत सार्वजनिक गरिएको हो ।प्राश्ना शाक्यको स्वर रहेको सार्वजनिक ‘माइती आँगन’ बोलको गीतमा मन्जु खनालको शब्द रचना तथा सुनिल माष्केको सङ्गीत छ । कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोमा तीजमा जम्मा भएर चेलीहरुले रमाइलो गरेको प्रसङ्गलाई देखाउन खोजिएको छ । विनीता थापाको कोरियोग्राफी रहेको भिडियोको कलर संयोजन भरत रेग्मीले गर्नुभएको हो ।भिडियोमा आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ ,निरु कोइराला, रिमा कँडेल, अमिका महत, शिक्षा पौडेल, विनीता थापा, बिनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा, दीपक थापा र मैथाने मगर फिचर्ड छन् ।
काठमाडौं, साउन २८ गते । नवगायक करण राईको पहिलो गीत ‘द काइट्स' विमाेचन गरिएकाे छ । प्रमुख अतिथी वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथिहरु लोकप्रिय गायक राजेश पायल राई, लोकप्रिय अभिनेता दयाहाङ राई, रैथाने सङ्गीतज्ञ झुमा लिम्बू र कवि, गीतकार, निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले गायक करणको एल्बम ‘द काइट्स’ एकसाथ एल्बम विमोचन गर्नुभएको हो । एल्बम विमोचनपछि करणले २ गीतहरु ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाएका थिए । आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भन्नुभयो, ‘सानै उमेरदेखि गाउँथे,ँ आज आएर पहिलो एल्बम उहाँहरु (गणेश रसिक, राजेश पायल राई, दयाहाङ राई, झुमा लिम्बु) को हातबाट विमोचन गर्न पाउँदा चङ्गा जस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’ बाल्यकालदेखि नै गीत सङ्गीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याउनुभएकाे हाे ।सार्वजनिक भएको ‘द काइट्स’ एल्बममा ९ गीत समावेश छन् । सबै गीतमा करणको स्वर रहेको छ, भने ‘फुलै राम्रो’ डोएट गीतमा गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिनुभएको छ । एल्बमका गीतहरुमा क्रमश प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डु«क्पा र सपना भुजेलको शब्द रहेको छ भने डम्बर क्रमश देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको सङ्गीत छ । सबै गीतहरुको एरेञ्ज गायक तथा सङ्गीतकार देवेशले नै गर्नुभएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गत चैतमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण ग¥यो । चैत महिनामै हस्तान्तरण गरिए पनि आयोजनाको दुई प्रतिशत काम भने अझै बाँकी छ । बाँकी काम सम्पन्न गरेर सन् २०२३ जनवरी १ तारिखमा विमानस्थल सञ्चालनमा ल्याउने योजना छ ।
गोरखाको गण्डकी गाउँपालिका अध्यक्षले पहिलो महिनाको सेवा सुविधा विद्यालयलाई हस्तान्तरण गर्नुभएकाे छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले आफ्नो पहिलो महिनाको सेवा सुविधा वडा नं. ७ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यपक दिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौं साउन २७ गते। रक्षाबन्धन पर्वको अवसरमा वातावरण स्वंयम सेवक समूहले पाशुपत क्षेत्रको मृगस्थली वनमा वृक्षलाई रक्षाबन्धन बाध्दै वृक्ष बन्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वातावरण अभियन्ता आनन्द भण्डारीले वृक्ष बन्धनको औचित्यमा प्रष्ट पार्दै हामीले जसरी दाजुभाइ र दिदीबहिनीको दीर्घायु र सु–स्वास्थको कामना गर्दै रक्षाबन्धन बाँधेर संरक्षणको सकल्प गछौं त्यसरी नै प्राणवायु अक्सिजन बोक्ने वृक्षको सरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य भएको बताउनुभयो । कार्यक्रममा पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकी, वरिष्ठ वातावरण कानुनविद प्रा. डा. तरप्रसाद सापकोटा, डा.चिरिन्जीवी भट्टराई, वन विभागका पूर्व महानिर्देशक गौरीशंकर तिमला, मनबहादुर खडका, डिभिजन वन कार्यलय प्रमुख बद्रीकुमार कार्की, प्रेम शर्मा, प्रो–पब्लिकका अध्यक्ष प्रकाशमणि शर्मा साथै वन संरक्षण अभियन्ता सुरेश शर्मा लागायत ३५ जनाको सहभागिता थियो । कार्यक्रम बटुकबाट स्वस्थी वाचन गरिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न आग्रह गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
नेपाल–भारत नाकाको जमुनाहा र नेपालगञ्जमा लागूऔषध ओसारपसार, सेवन र विक्रीमा अत्यधिक कडाइ गरिएपछि कोहलपुर लागू पदार्थको गढ बन्न पुगेको छ ।
स्पेनिस ला लिगामा नयाँ सिजनको सुरुवातमै सेभियालाई ओसासुनाको नमिठो झट्का लागेको छ । शुक्रबार रातिदेखि सुरु भएको ला लिगाको पहिलो खेलमा सेभिया ओसासुनासँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
नारद कोहारतौलिहवा, साउन २८ गते । कपिलबस्तुको शिवराज नगरपालिका -१ सुरही खोलामा शंकास्पद वस्तु फेला परेको छ । गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम जस्तो देखिने वस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरही पुल नजिकै फेला परेको सो वस्तुलाई नेपाली सेनाले शनिबार डिस्पोज गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई केही समय अवरुद्ध गरी डिस्पोज गरिएको थियो ।ठूलो आवाजमा डिस्पोज भएको उक्त वस्तु फेला परेर ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुरबहादुर खड्काले बताउनुभयो । शुक्रबार जानकारी प्राप्त भएको र शनिबार बिहान गोरुसिङ्गेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले सो वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।तत्कालीन द्वन्द्वकालमा उक्त वस्तु त्यहाँ छुटेको हुनसक्ने अनुमान गरिएकाे छ । सुरक्षालाई मध्यनजर गरी उक्त वस्तु डिस्पोज गरिएको उहाँले बताउनुभयो ।