केही हप्ताअघि गोरखापत्रको शनिबार अङ्कमा सीता शर्माको ‘विषादी परीक्षण सधैँको व्यथा’ शीर्षकमा लेख र कान्तिपुर दैनिकमा ‘विषादीले बिरामी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। पहिलो लेखले विषादी नियमनमा देखिएको कमजोर प्रणाली र दोस्रोले विषादीको प्रयोगको सवालमा हाम्रो गाउँघरमा देखिएका बेथिति र यसबाट उत्पन्न परिणामको विषयलाई मजैले उजागर गरेको छ। बाली–बिरुवामा रोग–कीरा नियन्त्रण गर्न व्यापक रूपले प्रयोग हुने विषादीको विषयमा प्रकाशित लेख र समाचारले राजनीतिक, आर्थिक र सामाजिक वृत्तमा थप बहस निम्त्याउन सक्नुपर्ने थियो तर देखिएन।
निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ। मताधिकार प्राप्त प्रत्येक नागरिकलाई आफूले चुनेका जनप्रतिनिधिमार्फत शासन व्यवस्थामा प्रत्यक्ष तथा परोक्ष सहभागिता जनाउने अधिकार रहन्छ । नागरिकले बिनाडर, गोप्य तरिकाले आफूले इच्छाएको व्यक्ति वा उम्मेदवार छान्न पाउँछन्। त्यसैले निर्वाचन हरेक नागरिकको मताधिकार प्राप्त गर्ने अवसर हो। नागरिकको चित्तबुझ्दो निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको कर्तव्य र दायित्व हो। निर्वाचन निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय हुन नसके नागरिकले रोजेका उम्मेदवार निर्वाचित हुन पाउँदैनन्। सही उम्मेदवार निर्वाचित हुन नपाए देश बनाउने काम ओझेलमा पर्छ। मतदाताको रोजाइका आधारमा जनप्रतिनिधि चयन गर्ने विधिसम्मत प्रक्रिया निर्वाचन हो। निर्वाचनले मतदाताको अभिमतलाई प्रतिनिधिका रूपमा रूपान्तरण गर्छ। त्यसैले जनताले रोजेको उम्मेदवार छान्ने औपचारिक विधि हो– निर्वाचन।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाइने बताउनुभएको हो।
शनिबार यहाँ निकालिएको बास्सा नाचमा प्रस्तुत शोकगीतको अंश हो, यो । बुवा सूर्यप्रसाद श्रेष्ठ ‘मिलन’ को स्मृतिमा छोरा सिद्धार्थ मिलनले यसलाई रच्नुभएको हो । गीतमा गायक शुभराम भारी, गायिका रेखा थापालगायतले स्वर दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दर्ता गर्नेको सङ्ख्या बढेको छ। वैवाहिक वा अन्य कारणले देश छोडेर अर्को मुलुकमा जानेको सङ्ख्या बढेका कारण नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको हो। जिल्ला प्रशासन कार्यालय मोरङमा आर्थिक वर्ष २०७७/७८ मा नेपाली नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दिने सात जना थिए। गत आर्थिक वर्ष २०७८/७९ मा ११ जनाले नागरिकता परित्याग गरेका छन्। चालु आर्थिक वर्षको साउन महिनामा मात्र पाँच जनाले नेपाली नागरिकता परित्याग गरिसकेका छन्।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले भ्रष्टाचारले सबै क्षेत्रलाई प्रभावित पार्दै गएको बताउनुभएको छ। शनिबार जनकपुरधामस्थित बार एसोसिएसनको सभा कक्षमा राखिएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन चित्र प्रदर्शनी’ को उद्घाटन गर्दै उहाँले स्थानीय तह, सरकारी निकाय र न्यायालयमा समेत भ्रष्टाचारले जरो गाड्दै गएको बताउनुभयो।
राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्नुभएकी ‘कुमारी आमा’ निहारिका राजपूतका माग सम्बोधनका लागि सरकारले पहल गरेको छ। गत असार ४ गते सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आमरण अनसनरत निहारिकासँग पाँच बुँदे सम्झौता गर्नुभएको थियो तर सरकारले आफूसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै निहारिकाले शुक्रबार आत्मदाहको प्रयास गर्नुभएको थियो।
शनिबारको वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका तटीय क्षेत्रसहित मुख्य सहर डुबानमा परेका छन्। काठमाडौँका माइतीघर मण्डला, नयाँ सडक, पुतली सडक, कोटेश्वरसहित सहरका मुख्य भागमा भेल बगेको थियो। त्यसैगरी उत्तरी क्षेत्रका बूढानीलकण्ठको कपन, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका केही क्षेत्रमा पनि बाढी आएर तटीय क्षेत्रमा डुबान भएको छ।
बिहेको बेला दाइजोका लागि हुने सौदाबाजीको घटना सामान्यजस्तै लाग्छ। तर यहाँ मृत्युको शोकमा पनि त्यस्तै सौदाबाजी भएको छ। त्यस्तो सौदाबाजी पनि अरूले नभएर छोरा नभएका मृतकका ज्वाईंले गरेका हुन्। मृतकको परिवारले मागेजति रकम दिन नसकेपछि मृतकको अन्त्येष्टि पनि हुन सकेन। दोस्रो दिनमात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बस्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली साहित्यमा महिलाको उपस्थिति दिनप्रतिदिन बढ्दै जानु नेपाली साहित्य, कला, संस्कृति विकासका लागि सुखद भएको बताउनुभएको छ। राजनीतिज्ञ प्रतिभा राणाद्वारा लिखित ‘गहिराइ’ र अङ्ग्रेजी संस्करणको ‘कर्टन अफ माया’ शीर्षकका दुई कृतिको शनिबार काठमाडौँमा विमोचन गर्नुहुँदै उहाँले नारी साहित्यकारको गतिलो उपस्थितिले नेपाली भाषा, साहित्य र कलाको जग बलियो हुने बताउनुभयो। उहाँले कथा, कविता, उपन्यासलगायतका साहित्यिक कृतिले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताउनुभयो। उहाँले नेपाली साहित्यलाई विश्वसाहित्यको स्तरमा पुर्याउन सबैलाई लाग्न आग्रह गर्नुभयो।
देशभर भएका गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी। नेपाल र अङ्ग्रेज युद्धका बेला नेपालका सेनाले यो चिसापानी गढी प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयवासी बताउँछन्। नेपाल र अङ्ग्रेज युद्धका बेलाको भग्नावशेष र चिनो रहेकाले चिसापानीगढी ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने सङ्ख्यामा वृद्धि गरेको छ। मन्त्रालय मातहतका कार्यालयमा सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेपछि आवेदन दिन सक्ने सङ्ख्यामा (कोटा) वृद्धि गरेको हो। मन्त्रालयले मङ्गलबार साँझबाट लागू हुने गरी आवेदन दिन सक्ने सङ्ख्या वृद्धि गरेको छ।
अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट शनिबार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आइपुग्नुभएको छ । नेपाल क्रिकेट संघ क्यानले साउन २३ गते उहाँलाई नेपालको प्रशिक्षकमा नियुक्त गरेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध हुनुभएको छ । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ ।