नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले राजनीतिमा युवाको जबर्जस्त उपस्थिति र नेतृत्व स्थापित हुनका लागि संघ प्रदेशको निर्वाचनमा सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।
ध्यँध्यँ पापा को अर्थ छिनाल छिनाल, काट् काट् हो । यो दुई सय वर्ष अगाडिदेखि नै चलनमा रहेको मानिन्छ ।
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीको भ्यान आज शनिबार दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा प्रहरीको भ्यान दुर्घटनामा परेको थियो ।
महानगर बन्नका लागि आवश्यक पर्ने आन्तरिक आम्दानीको इण्डिकेटर विराटनगर महानगरपालिकाले प्राप्त गर्न सकेको छैन।
अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौं उपत्यकामा अहिले २६.२ मिलीमिटर पानी परेको छ । काठमाडौं उपत्यकामा परिरहेको पानी अबको केही बेर रोकिएर राती फेरि पर्ने उहाँको भनाइ छ ।
नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको नयाँ निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको नयाँ निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको नयाँ निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
गाउँपालिका भरिका विद्यालयलाई उपलब्ध गराउँदै आएको सेनिटरी प्याड उत्पादन गर्ने मेशिन बन्द भएको छ । गाउँपालिकाले उपलब्ध गराउने प्याडको आकार मेशिनसँग नमिलेपछि मेशिन बन्द भएको हो ।
विराटनगर, साउन २८ गते। जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दर्ता गर्नेको सङ्ख्या बढेको छ। वैवाहिक वा अन्य कारणले देश छोडेर अर्को मुलुकमा जानेको सङ्ख्या बढेका कारण नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको हो। जिल्ला प्रशासन कार्यालय मोरङमा आर्थिक वर्ष २०७७/७८ मा नेपाली नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दिनेको सङ्ख्या सात जना थियो। गत आर्थिक वर्ष २०७८/७९ मा ११ जनाले नागरिकता परित्याग गरेका छन्। चालु आर्थिक वर्षको साउन महिनामा मात्र पाँच जनाले नेपाली नागरिकता परित्याग गरिसकेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार १३ महिनाको अवधिमा १६ जना नेपालीले नेपाली नागरिकता परित्याग गरेका छन्। नेपाली नागरिकता परित्याग गर्नेमध्ये धेरैजसोले भारतीय नागरिकता लिनुपर्ने भएकोले नेपाली नागरिकता परित्याग गर्छु भन्ने विवरणको निवेदन दिएका छन्। नेपाली नगरिकता परित्याग गरेका १६ जनामध्ये ३ जनाबाहेक सबैले भारतको नागरिकता लिनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका छन्। नागरिकता परित्याग गर्नेमा १० जना महिला छन् भने पुरुष छ जना छन्। मोरङ पथरी शनिश्चरेस्थित हसन्दहका उमेशबहादुर थापाले भारतमा बसोबास गर्नुपरेकोले नेपाली नागरिकता परित्याग गरेको उल्लेख गरेर निवेदन दिनुभएको थियो। यस्तै सुन्दरहरैंचा नगरपालिका ३ का विमल लिम्बूले वैदेशिक नागरिकता लिनका लागि भन्दै नेपाली नागरिकता परित्याग गर्नुभयो। पछिल्लो १३ महिनाको अवधिमा दुईवटा नागरिकता बनाउनुभएका सुमन लिम्बूले भूलवश दुई वटा नागरिकता बनाएको भन्दै पछिल्लो पटक बनाएको नागरिकता खारेज गर्न निवेदन दिनुभएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट आर्थिक वर्ष २०७८/७९ मा १ हजार ३१३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। वैवाहिक अंगिकृत नागरिकता लिनेमा अधिकांश नेपालमा विवाह गरेर आएका विदेशी महिला छन्। त्यसरी विवाह गरेर आउनेमा भारतीय महिला बढी छन्। नेपाली महिलाले भारतीय पुरुषसँग विवाहको सात वर्षपछि मात्र भारतको नागरिकता लिन पाउने कानुनका कारण नेपालबाट विवाह गरेर गएका धेरैले ढिला गरेर मात्र नेपाली नागरिकता परित्याग गर्ने गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय मोरङले वंशजको आधारमा ३५ हजार ६८९ वटा नागरिकता प्रमाणपत्र जारी गरेको थियो। यस अवधिमा अंगिकृत नागरिकता कसैलाई नदिएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दियो।
रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटनामा परेको छ । आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जानेक्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी भएर आउने बताउनुभएको छ । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आम जनताले बुझिसक्नुभएको उहाँले बताउनुभयो । गठबन्धनले छेकेर एमाले नछेकिने उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ ।
काठमाडौं, साउन २८ गते । नारायण रायमाझी निर्देशित चलचित्र 'परदेशी २'को रिलिज मिति सरेको छ । दशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिनुभयो ।उहाँले वितरक, हल सञ्चालक र चलचित्रकर्मीसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताउनुभये । उहाँका अनुसार आफूहरुले प्रदर्शन मिति तोकेको समयमा नेपाली र हिन्दी चलचित्रको भीडभाड भएकाले पछि सर्ने निर्णय गरिएको हो ।भदौंदेखि नै चलचित्र प्रदर्शनको चाप देखिएको छ । ‘परदेशी २’ ले पदर्शन मिति तोकेको एक साता अगाडि ‘प्रेमगीत ३’ रिलिज हुँदैछ । भारतमा समेत रिलिज हुने तयारीमा रहेको यस चलचित्रको उत्तिको महत्व रहेको वंशल बताउनुहुन्छ । ‘एकले अर्को चलचित्रलाई असर नगरोस् भनेर हामी पछि सर्ने निर्णयमा पुगेका हौं’ बंशल भन्नुहुन्छ । दशैं तिहारमा चलचित्र प्रदर्शनको भीडभाड हुँदा उक्त समयमा चलचित्र रिलिज गर्दा पछिसम्म र धेरै दर्शकसम्म पुर्याउन गाह्रो हुनसक्ने आँकलन गर्दै पछि सारिएको वंशलको भनाई छ । दशैं तिहारमा धेरै चलचित्र हुँदा प्रचारप्रसारमा पनि असर पर्नसक्ने बताउँदै पछि सार्दा प्रचारप्रसार पनि ससक्त तरिकाले गर्न सकिने र धेरै दर्शकसम्म पुर्याउन सकिने निर्देशक नारायण रायमाझी बताउनुहुन्छ ।चलचित्रको केही प्राविधिक काम पनि बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने देखिएकाले पनि रिलिज मिति पछाडि सार्ने निर्णय लिईएको उहाँको भनाइ छ । निर्णय अनपेक्षित भए पनि समग्र चलचित्र क्षेत्रको हितलाई विचार गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भन्नुभयो, ‘यसलाई सबैले सकारात्मक रूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । चलचित्रको कथा रमेश बिजीले तयार पार्नुभएको हो ।