• ८ वैशाख २०८१, शनिबार

कीर्तिपुरको गाईजात्रा रौनक (फोटो फिचर)

blog

शनिबार कीर्तिपुरमा देखिएको गाईजात्राको रौनक । तस्बिर : केशब गुरुङ

तस्बिर : मनोजरत्न शाही र केशब गुरुङ 

काठमाडौं, साउन २८ गते । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा यो पर्व नेवाः समुदायले विशेष रुपमा मनाउने गर्छन् । अन्य ठाउँमा भन्दा कीर्तिपुरमा यो जात्रा फरक ढंगले मनाउने चलन छ । कीर्तिपुरमा निश्चित ठाउँमा जम्मा भएर नाच प्रस्तुत गर्ने गरिन्छ । यो प्रस्तुतिलाई ‘ध्यँध्यँ  पापा’ भनिन्छ । यो धेरै पुरानो संस्कृति हो । ध्यँध्यँ पापा को अर्थ छिनाल छिनाल, काट् काट् हो । यो दुई सय वर्ष अगाडिदेखि नै चलनमा रहेको मानिन्छ ।