• ४ वैशाख २०८१, मङ्गलबार

काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा मध्यम वर्षा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २८ गते । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौं उपत्यकामा अहिले २६.२ मिलीमिटर पानी परेको छ । काठमाडौं उपत्यकामा परिरहेको पानी अबको केही बेर रोकिएर राती फेरि पर्ने उहाँको भनाइ छ ।

यस्तै, राती प्रदेश १ लगायत देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली नै रहने भट्टराईले बताउनुभयो । मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्ययम बर्षको सम्भावना रहेका विभागले जनाएको छ ।