• ६ साउन २०८१, आइतबार

डीएसपी सवार भ्यान दुर्घटना, ६ जना घाइते

blog

जयमान बुढा मगर

रुकुमपूर्व, साउन २८ गते । रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटनामा परेको छ । आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जानेक्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ । 

भ्यानमा ६ जना सवारमध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । 

उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेलाई नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । प्रहरीको भ्यानमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र श्रेष्ठसहित ६ जनाको सवार रहेको सुनुवारले बताउनुभयो ।