• ६ साउन २०८१, आइतबार

विष्णुकान्तलाई निर्वाचन संयोजकको जिम्मेवारी

blog

नेपाल फुटकन्ट्याक्ट महासंघको नयाँ निर्वाचन गर्न संयोजक तोकिनु भएका विष्णुकान्त अर्याल । तस्बिर : राखेप

काठमाडौं, साउन २८ गते । नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको नयाँ निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

काठमाडौंमा शनिबार भएको साधारण एवं विधान संसोधन सभाले अर्याललाई एक महिना भित्र विधान पास गर्दै महासंघ बाहिर रहेका अन्य संघहरुलाई समेत समेट्दै महासंघको निर्वाचन गर्दै कार्यसमिति गठन गर्नका लागि जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै सभाले निवर्तमान महासंघको समितिलाई हाललाई कामचलाउ समितिको रुपमा पनि जिम्मेवारी प्रदान गरेको छ । यसअघि सभाका सभाध्यक्ष एवं महासंघका अध्यक्ष दमन बस्नेतद्वारा शनिबार देखि लागु हुनेगरि गरेको महासंघ विगठनको प्रस्तावलाई सभाले अनुमोदन गरेको थियो ।

सभाले महासंघका महासचिवद्वारा प्रस्तुत प्रतिवेदनका साथै नेपालको खेलकुद विकास ऐनले निर्दिष्ट गरे अनुपको महासंघलाई चलायमान गराउनका लागि विधानमा गर्नु पर्ने विभिन्न धारा, उपधाराको संसोधन प्रस्तावलाई पनि एकमतका साथ पास गरेको छ ।

कोषाध्यक्ष पदमराज सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई समेत सभाले एकमतका साथ अनुमोदन गरेको थियो । कार्यक्रमको पूर्व संविधान सभा सभामुख सुभाष नेवाङले उद्घाटन गर्नुभएको थियो ।