भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित हुनुभएको छ । उहाँ कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको हो । उहाँ यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो ।
शिक्षकको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि परीक्षा दिन कपिलवस्तु आएका परीक्षार्थीलाई कपिलबस्तुमा बास बस्न समस्या भएको छ । विभिन्न जिल्लाबाट लाइसेन्स परीक्षा दिन आएका अधिकांश परीक्षार्थीले सो समस्या भोग्नुपरेको हो ।
मार्सल आर्ट्स खेलमा नेपाललाई विभिन्न समयमा पदक जिताउने च्याम्पियन खेलाडीहरुले काठमाडौं महानगरपालिका -१६ को खरिबोटमा च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको स्थापना गरेका छन् । हाल प्रवासमा रहँदै आएका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहलमा शुक्रबारदेखि एकेडेमी औपचारिक सञ्चालनमा आएको हो ।
जनार्जन खत्रीसर्लाही, साउन २८ गते । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) जनश्रमदानको काममा आफैँ खटिन थाल्नुभएको छ । उहाँ केही दिनदेखि सडकमा दुर्घटना गराउने जोखिम रहेका ढुङ्गा टिप्ने, बाढीले बिगारेको सडक पुनर्निर्माण गर्ने जस्ता काममा सरिक हुन थाल्नुभएको हो । शनिबार बिहान मात्रै नगरप्रमुख बुढाथोकीकै अगुवाईमा हरिवन नगरपालिका–८, फेदीमा कैलाशपुरी खोलाले बगाएको सडक पुनर्निर्माण गरिएको छ । हरिवनदेखि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित क्यानेश्वरतर्फ जाने सडक वर्र्षामा बाढी आएर बिगारेकोमा नगरप्रमुख बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ता र स्थानीयवासी समेतको उपस्थितिमा ढुङ्गा बिच्छयाएर पुनर्निर्माण गरिएको हो । झण्डै ४० मिटर सडक पुनर्निर्माण गरिएको स्थानीयले बताएका छन् । नगरप्रमुख बुढाथोकी, माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलसहित ४० जना भन्दा बढी स्थानीय दुई घण्टा श्रमदानमा खटिनुभएको थियो । माओवादी केन्द्र सर्लाहीको संयोजक समेत रहनुभएका नगरप्रमुख बुढाथोकीले आवश्यकता अनुसार अब यसैगरी साप्ताहिक रुपमा जनश्रमदानको काम गर्दै जाने बताउनुभएको छ । नगरप्रमुख बुढाथोकी यसअघि हरिवन बजार क्षेत्रमा सवारी दुर्घटना हुने गरी सडकमा रहेका ढुङ्गो टिप्ने काममा खटिनुभएको थियो । स्थानीयका अनुसार शनिबार दुई घण्टा जनश्रमदान गरेर ढुङ्गा बिच्छयाइएको फेदीस्थित कैलाशपुरी खोलामा अहिलेसम्म पुल बन्न सकेको छैन । हरिवनबाट क्यानेश्वर जोड्ने करिव १५ किलोमिटर सडक वर्र्षायाममा बाढी आउँदा बन्द जस्तै हुने गरेको छ । दुई दशक अघि नै निर्माण भएको उक्त ग्रामीण सडक स्तरोन्नति नहुँदा हरिवन बजारसम्म आउजाउ गर्नुपर्ने क्यानेश्वर क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन् ।
दीपकराज गिरी नेपाली चलचित्र बजारलाई एकपछि अर्को राम्रो चलचित्र दिने सफल निर्माता तथा कलाकार हुनुहुन्छ। काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका दहचोकमा जन्मिनुभएको गिरी अहिले छक्का पञ्जा–४ को तयारीमा जुट्नु भएको छ। चलचित्रले गर्दा गाईजात्रालाई खासै समय दिन नपाएको उहाँको भनाइ छ। गाईजात्राको सेरोफेरोमा केन्द्रित भएर उहाँसँग गोरखापत्रको लागि सुकृत नेपालले गरेको कुराकानी आजभोली निकै व्यस्त देखिनुहुन्छ ? हो, अलि व्यस्त नै छु। अहिले छक्का पञ्जा-४ को कामले गर्दा अलि व्यस्त छु। कहिले हो छक्का पञ्जा-४ लाई दर्शकसामु ल्याउने ? चलचित्रको प्रदर्शन मिति अहिले तोकिएको छैन। असोज या कात्तिकमा प्रदर्शनमा ल्याउने सोच छ। यसपटकको गाईजात्रामा केही प्रहसन गर्नुभएन किन ?गाईजात्रा मेरो क्यारियरको महत्त्वपूर्ण पर्व हो, किनकी यसमा मैले धेरै प्रहसन मञ्चन गेरेर अनुभवहरू बटुल्ने मौका पाएको छु। कुनै बेला हास्य कलाकार गाईजात्रा आउनु एकहप्ता अघि नै तयारीमा जुटेको देखिन्थ्यो। तर, अहिले यस्तो छैन किन ?अहिले र पहिलेको हास्य कलाकारहरूमा धेरै फरक आइसक्यो, अहिले कलाकार टेलिचलचित्रदेखि ठूला पर्दाका चलचित्रसम्ममा व्यस्त रहन्छन्। उनीहरुले चाहेर पनि गाईजात्रामा त्यति धेरै समय रिहल्समा दिन सक्ने अवस्था हुँदैन। फेरि पहिला कलाकार सजिलै उपलब्ध हुन्थे भने अहिले खोज्दै हिँड्नुपर्छ। सबै हास्य कलाकार एकजुट भएर जुट्न नसकेर पनि हो भन्छन् नि ?यो कुरामा म अलि सहमत छैन। मलाई लाग्छ हाम्रो क्षेत्रमा आदर सम्मान र मित्रता कायम भएको भनेकै हास्य कलाकारितामा हो। हामी कलाकारहरुबिच पेशागत प्रतिस्पर्धा रहेता पनि भाइचारा, एक अर्कालाई गर्ने आदर सम्मानमा कहिले कमी आएन त्यसैले हामी जुट्न गाह्रो छैन। हाम्रो मुख्य समस्या भनेको हाम्रो व्यस्तता नै हो। तपाईं टेलिचलचित्र र गाईजात्रा प्रहसनमा भन्दा पनि चलचित्रमा नै रमाउन थाल्नुभयो, किन ?मैले रेडियोमा एकदशक काम गरे त्यसपछि आजसम्म पनि हप्तामा दुईदिन कान्तिपुर एफएममा कार्यक्रम चलाउँछु त्यहाँबाट आउने पैसा भन्दा पनि त्यो संघर्षको दिनमा गरेको कामसंगको लगाबले गर्दा हो। त्यस्तै मेरो रुची टेलिचिलचित्रमा र स्टेज शोहरूमा पनि रहेको छ। तर, पछिल्लो एकदशक चलचित्र निर्माणमा लागि रहेको छु र यो कर्म अत्यन्तै कठिन रहेको छ। यसमा समय पनि अत्याधिक लाग्ने, मेहिनत पनि धेरै गर्नु पर्ने, त्यहि कारणले मैले अन्य कर्महरू गर्न पाइरहेको छैन। अब हेरौं हो भबिष्यमा फेरी अवश्य जोडिने सोच छ। अन्य काममा भन्दा चलचित्रमा पैसा धेरै छ हो ?पैसा धेरै जहाँ हुन्छ त्यहाँ चुनौती पनि धेरै हुन्छ। मेहिनत पनि धेरै हुन्छ। मलाई पैसा धेरै भन्दा ग्ल्यामर धेरै हुन्छ भन्ने शब्द उचित हुन्छ जस्तो लाग्छ। गाईजात्रालाई कसरी बुझनुहुन्छ ? गाईजात्रा किन मनाइन्छ त्यो त धेरैलाई थाह भएकै कुरा हो तर, मेरा लागि भने यो हास्यव्यंग्य पर्वको रूपमा रहेको छ। यसबाट मैले धेरै कुराहरु सिक्ने मौका पाँए, घर खर्च पनि निकाले, प्रत्यक्ष दर्शकहरुबाट प्रतिक्रियाहरु पनि पाए। यो पर्व भनेको हास्यकलाकारबिच एउटा छुट्टै सम्बन्ध रहने पर्व हो जस्तो लाग्छ। पहिले र अहिलेको गाईजात्रालाई कसरी हेर्नुहुन्छ ?पहिला संञ्चार माध्यमहरु पनि कम थिए। त्यो समय गाईजात्रको आकर्षण गजब थियो। मान्छेहरू गाईजात्रा हेर्न ठेलमठेल गर्दै पुग्थे, हल खचाखच हुन्थ्यो, प्रहसनमा ताली र सिठ्टिको माहोलले एउटा छुट्टै मज्जा हुन्थ्यो तर जब देखि डिजिटल प्रविधीक साधनहरू आए बिस्तारै त्यो अर्गानिकता कम हुँदै गयो।आजकल दीपा–दीपकको जोडी बाहिर खासै देखिँदैन नी, बोलचाल बन्द भएको त होइन ? दीपा–दीपकको जोडि दर्शकहरू माझ ३० बर्ष देखि निरन्तर रुपमा चलिरहेछ र चलिरहनेछ।अहिले र पहिलेको हास्य कलाकारहरूमा धेरै फरक आइसक्यो, अहिले कलाकार टेलिचलचित्रदेखि ठूला पर्दाका चलचित्रसम्ममा व्यस्त रहन्छन्। उनीहरुले चाहेर पनि गाईजात्रामा त्यति धेरै समय रिहल्समा दिन सक्ने अवस्था हुँदैन। फेरि पहिला कलाकार सजिलै उपलब्ध हुन्थे भने अहिले खोज्दै हिँड्नुपर्छ। सबै हास्य कलाकार एकजुट भएर जुट्न नसकेर पनि हो भन्छन् नि ?यो कुरामा म अलि सहमत छैन। मलाई लाग्छ हाम्रो क्षेत्रमा आदर सम्मान र मित्रता कायम भएको भनेकै हास्य कलाकारितामा हो। हामी कलाकारहरुबिच पेशागत प्रतिस्पर्धा रहेता पनि भाइचारा, एक अर्कालाई गर्ने आदर सम्मानमा कहिले कमी आएन त्यसैले हामी जुट्न गाह्रो छैन। हाम्रो मुख्य समस्या भनेको हाम्रो व्यस्तता नै हो। तपाईं टेलिचलचित्र र गाईजात्रा प्रहसनमा भन्दा पनि चलचित्रमा नै रमाउन थाल्नुभयो, किन ?मैले रेडियोमा एकदशक काम गरे त्यसपछि आजसम्म पनि हप्तामा दुईदिन कान्तिपुर एफएममा कार्यक्रम चलाउँछु त्यहाँबाट आउने पैसा भन्दा पनि त्यो संघर्षको दिनमा गरेको कामसंगको लगाबले गर्दा हो । त्यस्तै मेरो रुची टेलिचिलचित्रमा र स्टेज शोहरूमा पनि रहेको छ। तर, पछिल्लो एकदशक चलचित्र निर्माणमा लागि रहेको छु र यो कर्म अत्यन्तै कठिन रहेको छ। यसमा समय पनि अत्याधिक लाग्ने, मेहेनत पनि धेरै गर्नु पर्ने, त्यहि कारणले मैले अन्य कर्महरू गर्न पाइरहेको छैन। अब हेरौं हो भबिष्यमा फेरी अवश्य जोडिने सोच छ । अन्य काममा भन्दा चलचित्रमा पैसा धेरै छ हो ?पैसा धेरै जहाँ हुन्छ त्यहाँ चुनौती पनि धेरै हुन्छ। मेहेनत पनि धेरै हुन्छ। मलाई पैसा धेरै भन्दा ग्ल्यामर धेरै हुन्छ भन्ने शब्द उचित हुन्छ जस्तो लाग्छ। गाईजात्रालाई कसरी बुझनुहुन्छ ? गाईजात्रा किन मनाइन्छ त्यो त धेरैलाई थाह भएकै कुरा हो तर, मेरा लागि भने यो हास्यव्यंग्य पर्वको रूपमा रहेको छ। यसबाट मैले धेरै कुराहरु सिक्ने मौका पाँए, घर खर्च पनि निकाले, प्रत्यक्ष दर्शकहरुबाट प्रतिक्रियाहरु पनि पाए। यो पर्व भनेको हास्यकलाकारबिच एउटा छुट्टै सम्बन्ध रहने पर्व हो जस्तो लाग्छ। पहिले र अहिलेको गाईजात्रालाई कसरी हेर्नुहुन्छ ?पहिला संञ्चार माध्यमहरु पनि कम थिए। त्यो समय गाईजात्रको आकर्षण गजब थियो। मान्छेहरू गाईजात्रा हेर्न ठेलमठेल गर्दै पुग्थे, हल खचाखच हुन्थ्यो, प्रहसनमा ताली र सिठ्टिको माहोलले एउटा छुट्टै मज्जा हुन्थ्यो तर जब देखि डिजिटल प्राविधिक साधनहरू आए बिस्तारै त्यो अर्गानिकता कम हुँदै गयो।आजकल दीपा–दीपकको जोडी बाहिर खासै देखिँदैन नी, बोलचाल बन्द भएको त होइन, नी ?दीपा–दीपकको जोडि दर्शकहरू माझ ३० बर्ष देखि निरन्तर रुपमा चलिरहेछ र चलिरहनेछ ।
धान खेतमा पानी हाल्नेक्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । महागढीमाई नगरपालिका –२ इनर्वा टोलका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँको चनरदेव भगतको धान खेतमा सिंचाई गर्दैगर्दा मोटरमा तार जोड्ने क्रममा शनिबार बिहान सावा ७ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्लाको रेसुङगा नगरपालिकाले घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ । नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रमअनुसार नागरिकको घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । वालिङ र आँधीखोलामा गरी दुई जनाको ज्यान गएको हो । वालिङमा हिँड्ने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ भने आँधीखोला गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो ।
कर्णाली प्रदेशको आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको रुकुम पश्चिमको स्यार्पु सुन्दरताले आन्तरिक पर्यटकको मन तानेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडाको २.६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको स्यार्पुताल वर्षासँगै टम्म भरिएर थप आकर्षक बनेको कारण पर्यटकहरु बाक्लिन थालेका हुन् ।
भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् ।
गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसङ्घीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रको कार्यक्रममा बोल्नुहुँदै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा न्यायोचित ढंगले टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारले देशभर रहेका सबै मिटरव्याज पीडितलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।