• ६ साउन २०८१, आइतबार

च्याम्पियन मार्सल आर्ट्स एकेडेमी स्थापना

blog

च्याम्पियन मार्सल आर्ट्स एकेडेमी उद्घाटन अवसरमा सम्मानित खेलाडीहरु । तस्बिर सौजन्य : राखेप

काठमाडौं, साउन २८ गते । मार्सल आर्ट्स खेलमा नेपाललाई विभिन्न समयमा पदक जिताउने च्याम्पियन खेलाडीहरुले काठमाडौं महानगरपालिका -१६ को खरिबोटमा च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको स्थापना गरेका छन् । हाल प्रवासमा रहँदै आएका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहलमा शुक्रबारदेखि एकेडेमी औपचारिक सञ्चालनमा आएको हो । 

तीन वर्षदेखि खरिबोटमा साढे २ रोपनी जग्गामा स्थापना भएको एकेडेमीको ओलम्पियन जितबहादुर केसी, संगिना वैद्य, दीपक विष्ट, देवु थापा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

हाल अमेरिकामा बस्दै आउनुभएका ११औं सागका स्वर्ण पदक विजेता करातेका सुनिल लामा, फ्रान्समा बस्दै आउनुभएक सुनिल लामा, फ्रान्स बन्दै आउनुभएक दक्षिण एसियाली जुडो च्याम्पियनसिपका स्वर्ण पदक विजेता सरोज महर्जन, अमेरिका बस्दै आउनुभएक तेक्वान्दोका राष्ट्रिय खेलाडी पुष्प थापामगर, अस्ट्रेलिया बस्दै आउनुभएक ११औं सागका उसुका पदक विजेता राजु महर्जन र मकाउ बस्दै आएका एम्बेस्डर कपका स्वर्ण पदक विजेता सुजन जोशी तथा अमित लामा, सन्जय लामा, नरेन्द्र मर्हजनको पहलमा एकडेमीको स्थापना गरिएको हो । 

एकेडेमीमा बिहान र साँझ गरेर झण्डै ९० जनाले प्रशिक्षण लिईरहेका छन् । एकेडेमीमा करातेका प्रशिक्षकमा श्याम सुनुवार तथा तेक्वान्दोको प्रशिक्षकमा तेक्वान्दो लालबहादुर बराम र युगेन एकेडेमीले प्रशिक्षण दिँदै आउनुभएको छ ।

स्थानीयस्तरमा मार्सल आर्टस् खेलाडी तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको एकेडेमीकी निर्देशक लामाले बताउनुभयो । एकेडेमीले आगामी दिनमा जुडो, बक्सिङ र उसुको प्रशिक्षण दिने पनि योजना बनाएको छ । यस्तै एकेडेमीमा फिटनेस र जुम्बा सेन्टर पनि निर्माण गरिने योजना रहेको छ ।

एकेडेमीको उद्घाटनकै अवसरमा १३औं दक्षिण एसियाली खेलकुद ‘साग’ मा करातेका दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, स्वर्ण विजेता संगीता बस्याल, १३औं सागमा रजत पदक विजेता अप्सरा कार्की, सन् २०१६ की रियो ओलम्पिकमा सातौं वरीयताकी निशा रावल, सागमा करातेका कांस्य विजेता मुकुन्द महर्जन, दिगम्बर प्रसाद पन्त, जुडोका कांस्य विजेता श्रीराम माकाजु, उसुकका रजत विजेता विश्व बुढामगर, मिना ग्लानलाई सम्मान गरिएको छ । कार्यक्रममा एकेडेमीले आफ्नो इमर्जिङ खेलाडीलाई पनि सम्मान गरेको थियो ।