• १२ पुस २०८१, शुक्रबार

नेपालका सन्जितलाई डब्लुएमएसी वेल्समा स्वर्ण र रजत

blog

पदकसहित सन्जितकुमार राई ।

काठमाडौँ, मङ्सिर १० गते । नेपालका सन्जितकुमार राई डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जित्नुभएको छ ।

युकेको इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा आइतबार भएको प्रतियोगितामा सन्जितले एक स्वर्ण र एक रजत जित्नुभएको हो । उहाँले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जित्नुभयो । यस स्पर्धामा उहाँले २६.७ अङ्क जोड्नुभएको थियो ।

उहाँले ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा २६.४ स्कोर गर्नुभयो । प्रतियोगितामा विश्वका चार सय ५० खेलाडीको सहभागिता रहेको थियो । नेपाल उमा कुङफु सङ्घको अध्यक्ष समेत रहनुभएका सन्जितले प्रतियोगिताको क्रममा डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पाक्र्ससँग पनि भेट गर्नुभएको थियो । 


सन्जितको पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि उहाँले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा सन् २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण जित्नुभएको थियो ।