• ६ साउन २०८१, आइतबार

घरमै गएर घटना दर्ता गर्दै नगरपालिका

blog

नगरप्रमुख खिलध्वज पन्थीसहित जनप्रतिनिधिले जन्मदर्ताको प्रमाणपत्र प्रदान गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन २८ गते । जिल्लाको रेसुङगा नगरपालिकाले घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ । नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रमअनुसार नागरिकको घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।

सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमा गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ ब्यक्तिगत घटना दर्ता घरमा गई गर्ने अभियान सञ्चालन गरेको मरासिनीले बताउनुभयो ।

नगरपालिकाबाट प्रदान गर्ने सेवामध्ये अहिले ब्यक्तिगत घटना दर्ताबाट सुरुवात गरिएको उहाँको भनाइ छ । अन्य सेवालाई पनि यसैगरी अभियानकै रुपमा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । 

नगरप्रमुख खिलध्वज पन्थीले जनतालाई सहज, सरल रुपमा सेवा प्रदान गर्न र स्थानीय सरकारको अनुभूति प्रदान गर्न आफूले घरमै गएर सेवा प्रदान गर्ने नीति लिएको उहाँको भनाइ छ । अहिलकोे अवस्थामा जनतालाई बिना झन्झट, सहज र सरल तरिकाले सेवा प्रदान गर्नु नै उत्तम हो उहाँले भन्नुभयो । अभियान जारी राख्ने पन्थीले बताउनुभयो । 

नगरपालिकाले उच्च शिक्षा (प्लस टु) मा ३.२ प्रतिशतभन्दा माथि ल्याएर नगरभित्र अध्ययन गर्ने बिद्यार्थीलाई  मासिक चार हजार रुपियाँको दरले सहयोग प्रदान गर्ने निर्णय पनि नगरपालिकाले गरेको उहाँले बताउनुभयो ।