• ६ साउन २०८१, आइतबार

गाईजात्राबाट घर खर्च निकालेँ : दीपकराज गिरी

blog

फाइल तस्बिर

दीपकराज गिरी नेपाली चलचित्र बजारलाई एकपछि अर्को राम्रो चलचित्र दिने सफल निर्माता तथा कलाकार हुनुहुन्छ। काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका दहचोकमा जन्मिनुभएको गिरी अहिले छक्का पञ्जा–४ को तयारीमा जुट्नु भएको छ। चलचित्रले गर्दा गाईजात्रालाई खासै समय दिन नपाएको उहाँको भनाइ छ। गाईजात्राको सेरोफेरोमा केन्द्रित भएर उहाँसँग गोरखापत्रको लागि सुकृत नेपालले गरेको कुराकानी 

आजभोली निकै व्यस्त देखिनुहुन्छ ? 

हो, अलि व्यस्त नै छु। अहिले छक्का पञ्जा-४ को कामले गर्दा अलि व्यस्त छु।  

कहिले हो छक्का पञ्जा-४ लाई दर्शकसामु ल्याउने ? 

चलचित्रको प्रदर्शन मिति अहिले तोकिएको छैन। असोज या कात्तिकमा प्रदर्शनमा ल्याउने सोच छ। 

यसपटकको गाईजात्रामा केही प्रहसन गर्नुभएन किन ?

गाईजात्रा मेरो क्यारियरको महत्त्वपूर्ण पर्व हो, किनकी यसमा मैले धेरै प्रहसन मञ्चन गेरेर अनुभवहरू बटुल्ने मौका पाएको छु। 

कुनै बेला हास्य कलाकार गाईजात्रा आउनु एकहप्ता अघि नै तयारीमा जुटेको देखिन्थ्यो। तर, अहिले यस्तो छैन किन ?

अहिले र पहिलेको हास्य कलाकारहरूमा धेरै फरक आइसक्यो, अहिले कलाकार टेलिचलचित्रदेखि ठूला पर्दाका चलचित्रसम्ममा व्यस्त रहन्छन्। उनीहरुले चाहेर पनि गाईजात्रामा त्यति धेरै समय रिहल्समा दिन सक्ने अवस्था हुँदैन। फेरि पहिला कलाकार सजिलै उपलब्ध हुन्थे भने अहिले खोज्दै हिँड्नुपर्छ।  

सबै हास्य कलाकार एकजुट भएर जुट्न नसकेर पनि हो भन्छन् नि ?

यो कुरामा म अलि सहमत छैन। मलाई लाग्छ हाम्रो क्षेत्रमा आदर सम्मान र मित्रता कायम भएको भनेकै हास्य कलाकारितामा हो। हामी कलाकारहरुबिच पेशागत प्रतिस्पर्धा रहेता पनि भाइचारा, एक अर्कालाई गर्ने आदर सम्मानमा कहिले कमी आएन त्यसैले हामी जुट्न गाह्रो छैन। हाम्रो मुख्य समस्या भनेको हाम्रो व्यस्तता नै हो।  

तपाईं टेलिचलचित्र र गाईजात्रा प्रहसनमा भन्दा पनि चलचित्रमा नै रमाउन थाल्नुभयो, किन ?

मैले रेडियोमा एकदशक काम गरे त्यसपछि आजसम्म पनि हप्तामा दुईदिन कान्तिपुर एफएममा कार्यक्रम चलाउँछु त्यहाँबाट आउने पैसा भन्दा पनि त्यो संघर्षको दिनमा गरेको कामसंगको लगाबले गर्दा हो। त्यस्तै मेरो रुची टेलिचिलचित्रमा र स्टेज शोहरूमा पनि रहेको छ। तर, पछिल्लो एकदशक चलचित्र निर्माणमा लागि रहेको छु र यो कर्म अत्यन्तै कठिन रहेको छ। यसमा समय पनि अत्याधिक लाग्ने, मेहिनत पनि धेरै गर्नु पर्ने, त्यहि कारणले मैले अन्य कर्महरू गर्न पाइरहेको छैन। अब हेरौं हो भबिष्यमा फेरी अवश्य जोडिने सोच छ। 

अन्य काममा भन्दा चलचित्रमा पैसा धेरै छ हो ?

पैसा धेरै जहाँ हुन्छ त्यहाँ चुनौती पनि धेरै हुन्छ। मेहिनत पनि धेरै हुन्छ। मलाई पैसा धेरै भन्दा ग्ल्यामर धेरै हुन्छ भन्ने शब्द उचित हुन्छ जस्तो लाग्छ। 

गाईजात्रालाई कसरी बुझनुहुन्छ ? 

गाईजात्रा किन मनाइन्छ त्यो त धेरैलाई थाह भएकै कुरा हो  तर, मेरा लागि भने यो हास्यव्यंग्य पर्वको रूपमा रहेको छ। यसबाट मैले धेरै कुराहरु सिक्ने मौका पाँए, घर खर्च पनि निकाले, प्रत्यक्ष दर्शकहरुबाट प्रतिक्रियाहरु पनि पाए। यो पर्व भनेको हास्यकलाकारबिच एउटा छुट्टै सम्बन्ध रहने पर्व हो जस्तो लाग्छ। 

पहिले र अहिलेको गाईजात्रालाई कसरी हेर्नुहुन्छ ?

पहिला  संञ्चार माध्यमहरु पनि कम थिए। त्यो समय गाईजात्रको आकर्षण गजब थियो। मान्छेहरू गाईजात्रा हेर्न ठेलमठेल गर्दै पुग्थे, हल खचाखच हुन्थ्यो, प्रहसनमा ताली र सिठ्टिको माहोलले एउटा छुट्टै मज्जा हुन्थ्यो तर जब देखि डिजिटल प्रविधीक साधनहरू आए बिस्तारै त्यो अर्गानिकता कम हुँदै गयो।

आजकल दीपा–दीपकको जोडी बाहिर खासै देखिँदैन नी, बोलचाल बन्द भएको त होइन ?

 दीपा–दीपकको जोडि दर्शकहरू माझ ३० बर्ष देखि निरन्तर रुपमा चलिरहेछ र चलिरहनेछ।

अहिले र पहिलेको हास्य कलाकारहरूमा धेरै फरक आइसक्यो, अहिले कलाकार टेलिचलचित्रदेखि ठूला पर्दाका चलचित्रसम्ममा व्यस्त रहन्छन्। उनीहरुले चाहेर पनि गाईजात्रामा त्यति धेरै समय रिहल्समा दिन सक्ने अवस्था हुँदैन। फेरि पहिला कलाकार सजिलै उपलब्ध हुन्थे भने अहिले खोज्दै हिँड्नुपर्छ।  

सबै हास्य कलाकार एकजुट भएर जुट्न नसकेर पनि हो भन्छन् नि ?

यो कुरामा म अलि सहमत छैन। मलाई लाग्छ हाम्रो क्षेत्रमा आदर सम्मान र मित्रता कायम भएको भनेकै हास्य कलाकारितामा हो। हामी कलाकारहरुबिच पेशागत प्रतिस्पर्धा रहेता पनि भाइचारा, एक अर्कालाई गर्ने आदर सम्मानमा कहिले कमी आएन त्यसैले हामी जुट्न गाह्रो छैन। हाम्रो मुख्य समस्या भनेको हाम्रो व्यस्तता नै हो।  

तपाईं टेलिचलचित्र र गाईजात्रा प्रहसनमा भन्दा पनि चलचित्रमा नै रमाउन थाल्नुभयो, किन ?

मैले रेडियोमा एकदशक काम गरे त्यसपछि आजसम्म पनि हप्तामा दुईदिन कान्तिपुर एफएममा कार्यक्रम चलाउँछु त्यहाँबाट आउने पैसा भन्दा पनि त्यो संघर्षको दिनमा गरेको कामसंगको लगाबले गर्दा हो । त्यस्तै मेरो रुची टेलिचिलचित्रमा र स्टेज शोहरूमा पनि रहेको छ। तर, पछिल्लो एकदशक चलचित्र निर्माणमा लागि रहेको छु र यो कर्म अत्यन्तै कठिन रहेको छ। यसमा समय पनि अत्याधिक लाग्ने, मेहेनत पनि धेरै गर्नु पर्ने, त्यहि कारणले मैले अन्य कर्महरू गर्न पाइरहेको छैन। अब हेरौं हो भबिष्यमा फेरी अवश्य जोडिने सोच छ । 

अन्य काममा भन्दा चलचित्रमा पैसा धेरै छ हो ?

पैसा धेरै जहाँ हुन्छ त्यहाँ चुनौती पनि धेरै हुन्छ। मेहेनत पनि धेरै हुन्छ। मलाई पैसा धेरै भन्दा ग्ल्यामर धेरै हुन्छ भन्ने शब्द उचित हुन्छ जस्तो लाग्छ। 

गाईजात्रालाई कसरी बुझनुहुन्छ ? 

गाईजात्रा किन मनाइन्छ त्यो त धेरैलाई थाह भएकै कुरा हो  तर, मेरा लागि भने यो हास्यव्यंग्य पर्वको रूपमा रहेको छ। यसबाट मैले धेरै कुराहरु सिक्ने मौका पाँए, घर खर्च पनि निकाले, प्रत्यक्ष दर्शकहरुबाट प्रतिक्रियाहरु पनि पाए। यो पर्व भनेको हास्यकलाकारबिच एउटा छुट्टै सम्बन्ध रहने पर्व हो जस्तो लाग्छ। 

पहिले र अहिलेको गाईजात्रालाई कसरी हेर्नुहुन्छ ?

पहिला संञ्चार माध्यमहरु पनि कम थिए। त्यो समय गाईजात्रको आकर्षण गजब थियो। मान्छेहरू गाईजात्रा हेर्न ठेलमठेल गर्दै पुग्थे, हल खचाखच हुन्थ्यो, प्रहसनमा ताली र सिठ्टिको माहोलले एउटा छुट्टै मज्जा हुन्थ्यो तर जब देखि डिजिटल प्राविधिक साधनहरू आए बिस्तारै त्यो अर्गानिकता कम हुँदै गयो।

आजकल दीपा–दीपकको जोडी बाहिर खासै देखिँदैन नी, बोलचाल बन्द भएको त होइन, नी ?

दीपा–दीपकको जोडि दर्शकहरू माझ ३० बर्ष देखि निरन्तर रुपमा चलिरहेछ र चलिरहनेछ ।