• ६ साउन २०८१, आइतबार

करेन्ट लागेर मृत्यु

blog

फाइल तस्बिर

शिवशंङ्कर मिश्र

बारा, साउन २८ गते । धान खेतमा पानी हाल्नेक्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । महागढीमाई नगरपालिका –२ इनर्वा टोलका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँको चनरदेव भगतको धान खेतमा सिंचाई गर्दैगर्दा मोटरमा तार जोड्ने क्रममा शनिबार बिहान सवाँ ७ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  

मृतक सुरेन्द्रको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा ल्याइएको छ । आइतबार परीक्षण पछि मृत्युको बाँकी विवरण खुल्ने र मुचुल्काबाट आएका रिर्पोटको आधारमा प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।