रक्षाबन्धन पर्वको अवसरमा वातावरण स्वयंसेवक समूहले पाशुपत क्षेत्रको मृगस्थली वनमा वृक्षलाई रक्षाबन्धन बाँध्दै वृक्षबन्धन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वातावरण अभियन्ता आनन्द भण्डारीले वृक्षबन्धनको औचित्यमा प्रस्ट पार्दै हामीले जसरी दाजुभाइ र दिदीबहिनीको दिर्घायु र सु–स्वास्थको कामना गर्दै रक्षाबन्धन बाँधी संरक्षणको सङ्कल्प गर्छौं त्यसरी नै प्राणवायु अक्सिजन बोक्ने वृक्षको संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य भएको बताउनुभयो।
सुदूरपश्चिम प्रदेशमा आइतबार भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि पानी परिरहेको छ तर पश्चिममा भने भारी बर्षा हुने र मधेस प्रदेशमा बर्षा नहुने जनाएको हो ।
नेत्री तथा समाजसेवी प्रतिभा राणा, थप प्रतिभाका साथ उदाउनुभएको छ, ‘कवि प्रतिभा’को पहिचानमा। उहाँद्वारा लिखित दुई कवितासङ्ग्रह कर्टन अफ माया (अङ्गे्रजी) र गहिराई (नेपाली) एकै साथ लोकार्पित भएपछि पूर्वमन्त्री, संविधान सभा सदस्य, राजदूतजस्ता राज्यका पदीय पहिचानसँगै कवि बनेर उहाँ जनस्तरको पहिचानमा उद्घाटित हुनभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै सङ्ग्रहको शनिबार विमोचन गर्नुभएपछि नेपाली साहित्यिक फाँटमा कवितासङ्ग्रहको भण्डार थप भरिएको मात्र छैन, तुलनात्मक रूपमा कमै रहेका नेपाली महिलाको सर्जकको सङ्ख्या पनि थपिएको छ।
भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई नगर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने गाईजात्रा (सापारु) पर्व शुक्रबारबाट सुरु भएको छ। दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि सुरु भएको हो। गाईलाई विधिवत् रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले औद्योगिक क्षेत्रको विकासले मात्रै देश समृद्धि हुने बताउनुभएको छ । चितवनको कालिका नगरपालिकाले शनिबार खोलेसिमलमा आयोजना गरेको औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर–मझिमटार सुरुङ मार्ग निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले उद्योग स्थापना अपरिहार्य भएको धारणा व्यक्त गर्नुभएको हो ।
पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्दा ५० प्रतिशत राजस्व छुट दिएपछि महिलाको नाममा उद्योग दर्ता गराउनेको सङ्ख्या बढेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक हप्ताभित्र विवरण बुझाउन निर्देशन दिनुभएको छ । शनिबार राजधानीमा आयोजित कम्पनीको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बडूले एक हप्ताभित्र काठमाडौँ उपत्यकामा रहेका तत्कालीन नेसनल टे«डिङ लिमिटेड (कम्पनीमा गाभिएको)को सम्पत्ति र भाडा आम्दानीबारे प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको हो । “रामशाह पथमा रहेको गोदाममा कति सामान छ, त्यसको अवस्था के छ, स्थानीय सरकार र प्रहरी राखेर अभिलेख तयार गर्नुहोस्,” मन्त्री बडूले निर्देशन दिनुभयो ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्र दाङ देउखुरीमा ठूला र महत्त्वाकाङ्क्षी योजना ल्याउने बताउनुभएको छ। उहाँले पोडवे, कोरिडोर, केबलकार, सुरुङमार्ग र नयाँ विमानस्थल जस्ता योजना ल्याउने बताउनुभएको हो। दलित सचेतना अभियानको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालमै पहिलो पटक अभ्यास गर्ने गरी पोडवेको परिकल्पना गरिएको बताउनुभयो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चापाकोट–१०, किसानमा सञ्चालन गरेको किसान बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ। शान्त र वातावरणीय हिसाबले राम्रो मानिएको प्राविधिक शिक्षालयमा वार्षिक रूपमा विद्यार्थी सङ्ख्यामा वृद्धि हुँदै आएको हो। सरकारले प्रत्येक पालिकामा स्थापना गर्ने नीतिअनुसार प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको स्थापनाको चौथो वर्षमा विद्यार्थी आउने क्रमले तीव्रता पाएसँगै आकर्षण देखिएको हो।
वसन्त ऋतुमा ४५८ जनाले विभिन्न आरोहण गरेका छन् । यो सिजनमा हिमाल आरोहणका लागि नेपालसहित ७४ देशका १२३ समूहमा ९८६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार आरोहणका लागि अनुमति लिएका २७ हिमालमध्ये यो वसन्त १४ हिमालमा मात्रै सफल आरोहण भएको छ । सरकारले अहिलेसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ । उक्त १४ हिमालमध्ये सबैभन्दा बढी सगरमाथामा २४० जनाले आरोहण गरेका छन् । त्यस्तैगरी ल्होत्सेमा ६७, मकालुमा ३८, कञ्चनजङ्घामा ३८, अमादब्लममा १८, धौलागिरिमा १७, अन्नपूर्ण पहिलोमा १५, थापा पिक (धुम्पस)मा सात, हिमलुङमा छ, फु खाङमा पाँच, खाङचुङमा दुई, सौलामा दुई, उर्कमाङमा दुई र सरीबुङमा एक जनाले सफल आरोहण गरेका हुन् ।
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म जडान गरिएका १६८ वटा सीसी क्यामरा बिग्रिएको छ महिना बित्दा पनि मर्मत गर्ने चासो कहीँबाट हुन सकेको छैन । सो क्यामरा जडानपछि सो क्षेत्रको अपराध अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुग्दै आएको थियो ।
सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ। विद्यालय अन्यत्र सार्न जग्गाको अभाव छ। ठेहे गाउँका स्थानीय कालीबहादुर बोहराका अनुसार विद्यालय भिरालो जमिनमा छ। जसका कारण पहिरोको उच्च जोखिममा छ। जग्गा सम्याएर विद्यालय भवन बनाइएको भए पनि तीनतिर भिरालो भूवनोटका कारण जुनै पनि बेला पहिरो जान सक्ने स्थानीयले बताएका छन्। विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेलले पहिरो जोखिममा रहेको विद्यालय डराइडराई पठनपाठन सञ्चालन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पहिरो जोखिमकै कारण विद्यार्थीले भलिबललगायत खेल खेल्न सक्ने अवस्था छैन।
राजनीतिक नेताहरूका पहुँच, सिफारिस, भनसुन तथा अनावश्यक दबाबले निम्त्याउने विषम परिस्थितिले राज्यको साधन र स्रोत नोक्सान भएका अनकौँ उदाहरण भेटिन्छन्। यही सन्दर्भमा करोडौं रुपियाँ व्यर्थ व्यय कसरी हुन्छ ? भन्ने उदाहरणका निम्ति सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको मेलौली नगरपालिका–८, कोटीगाउँको भम्ता, खोरडा गाउँमा कृषि कर्ममा भएको अनियमितता ताजा उदाहरण बनेको छ। यो गाउँ आफैँमा अति दुर्गम क्षेत्र हो। बैतडी जिल्लाको सदरमुकामबाट कुल आठ घण्टा अर्थात् करिब छ घण्टाको सडक यात्रा तथा दुई घण्टा पैदल हिँडेपछि मात्र यो ठाउँमा पुगिन्छ। भौगोलिकलगायत अ
पञ्चायतकालीन बहिदारमा भर्ना भएका व्यक्ति समयक्रमसँगै नायब सुब्बासम्म बढुवा हुन्थे। शाखा अधिकृतमा नियुक्त भएका सचिव, मुख्य सचिवसम्म बढुवा भएर निवृत्त हुन्थे। नायब सुब्बा पद सदावहार सुब्बासापमा निवृत्त थियो। राजनीतिक परिवर्तनसँगै निजामती सेवामा अनेकन परिवर्तन भएका छन्। नायब सुब्बामा भर्ना भएका व्यक्तिलाई अहिले पनि सदावहार (२४ घ बमोजिम बाहेक) सुब्बाको बिँडो थाम्नुपर्ने बनाइएको छ। यसतर्फ सरकार र ट्रेड युनियनहरूको ध्यान नगएकै हो।
यही साउन ३ गते प्रतिनिधि सभाले ज्येष्ठ नागरिक ऐन सशोधन विधेयक पारित गरेको छ। राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले पारित गरेको हो। अब सो विधेयक राष्ट्रिय सभामा जानेछ र प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ। राष्ट्रिय सभाले अस्वीकार गरेमा विधेयक सयुक्त सभामा पेस हुनेछ। सो विधेयक पारित भई ऐनको हैसियत प्राप्त गरेमा ज्येष्ठ नागरिकको जीवन र तिनले खर्चिएका वैँश जोश जाँगरबाट सिर्जित सम्पत्ति दुवैको सम्मान सुरक्षा हुनेछ।