• ७ वैशाख २०८१, शुक्रबार

‘निर्वाचन क्षेत्रमा नयाँ योजना ल्याउँछु’

blog

देउखुरी समाचारदाता

देउखुरी, साउन २९ गते । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्र दाङ देउखुरीमा ठूला र महत्त्वाकाङ्क्षी योजना ल्याउने बताउनुभएको छ। 

उहाँले पोडवे, कोरिडोर, केबलकार, सुरुङमार्ग र नयाँ विमानस्थल जस्ता योजना ल्याउने बताउनुभएको हो। दलित सचेतना अभियानको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालमै पहिलो पटक अभ्यास गर्ने गरी पोडवेको परिकल्पना गरिएको बताउनुभयो।

तुलसीपुर, घोराही, लमही, भालुवाङ क्षेत्रमा पोडवे सञ्चालनका लागि विस्तृत योजना बनाउन पहल भइरहेको उहाँको भनाइ छ। यस्तै मन्त्री चौधरीले लमही–घोराही सडकमा सुरुङमार्ग, देउखुरी स्वर्गद्वारीका लागि केबलकार र देउखुरी क्षेत्रका राप्ती गाउँपालिका क्षेत्रमा नयाँ विमानस्थलको दीर्घकालीन योजना बनाएर काम गर्ने बताउनभुयो। 

उहाँले संवैधानिक सर्वोच्चताका लागि गठबन्धन कायम राखिने बताउनुभयो।