• ८ वैशाख २०८१, शनिबार

औद्योगिक क्षेत्रको विकासले मात्रै समृद्धि

blog

चितवन समाचारदाता

चितवन, साउन २९ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले औद्योगिक क्षेत्रको विकासले मात्रै देश समृद्धि हुने बताउनुभएको छ । चितवनको कालिका नगरपालिकाले शनिबार खोलेसिमलमा आयोजना गरेको औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर–मझिमटार सुरुङ मार्ग निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले उद्योग स्थापना अपरिहार्य भएको धारणा व्यक्त गर्नुभएको हो । 

उहाँले भन्नुभयो, “उद्योग कलकारखाना स्थापनापश्चात् देश आत्मनिर्भर हुन्छ, बिनाउद्योग रोजगारी र आर्थिक समृद्धि सम्भव छैन ।” राज्यमन्त्री श्रेष्ठले शक्तिखोर–मझिमटार सुरुङ मार्ग निर्माणले यस क्षेत्रमा भएका उद्योग कलकारखानालाई यातायातको सहज पहुँच हुनुको साथै राजधानी जोड्ने अर्को विकल्प हुने बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले चितवनको शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्रले स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो ।