• ७ जेठ २०८१, सोमबार

वृक्ष संरक्षणका लागि वृक्षबन्धन

blog

काठमाडौँ, साउन २९ गते । रक्षाबन्धन पर्वको अवसरमा वातावरण स्वयंसेवक समूहले पाशुपत क्षेत्रको मृगस्थली वनमा वृक्षलाई रक्षाबन्धन बाँध्दै वृक्षबन्धन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वातावरण अभियन्ता आनन्द भण्डारीले वृक्षबन्धनको औचित्यमा प्रस्ट पार्दै हामीले जसरी दाजुभाइ र दिदीबहिनीको दिर्घायु र सु–स्वास्थको कामना गर्दै रक्षाबन्धन बाँधी संरक्षणको सङ्कल्प गर्छौं त्यसरी नै प्राणवायु अक्सिजन बोक्ने वृक्षको संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य भएको बताउनुभयो। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रभु बुढाथोकी, वरिष्ठ वातावरण कानुनविद प्रा.डा.तरप्रसाद सापकोटा, डा.चिरञ्जीवी भट्टराई, वन विभागका पूर्वमहानिर्देशक गौरीशङ्कर तिमला, मनबहादुर खड्का, डिभिजन वन कार्यालय प्रमुख बद्रीकुमार कार्की, प्रेम शर्मा, प्रो–पब्लिकका अध्यक्ष प्रकाशमणि शर्मा साथै वन संरक्षण अभियन्ता सुरेश शर्मालगायत ३५ जनाको सहभागिता रहेको थियो। कार्यक्रम बटुकहरूबाट स्वस्ति वाचनबाट सुरु गरिएको थियो भने सहभागीहरूले 

एक–एक रुखमा वृक्षबन्धन गरी रुखबिरुवा संरक्षण र संवद्र्धन गर्ने सङ्कल्पका साथ डोरो बाँधिएको थियो। कार्यक्रममा पञ्चपल्लव बिरुवासमेत रोपिएको थियो।