नारद कोहार
तौलिहवा(कपिलवस्तु), जेठ २० गते । कपिलवस्तुमा दुई पेट्रोल पम्प बन्द गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित उमा ट्रेडिङ र वडा नं. ४ गोपालपुर स्थित ओझा फिलिङ सेन्टरलाई सिलबन्दी गरिएको हो ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेका अनुसार परिमाण भन्दा कम पेट्रोलियम पदार्थ विक्री गरिएको उमा ट्रेडिङ र ओझा फिलिङ सेन्टर सिलबन्दी गरिएको बताउनुभयो । उहाँले तौलिहवा क्षेत्रका ४ वटा पेट्रोल पम्पमा अनुगमन तथा निरीक्षण गरिएको बताउनुभयो ।
सिलबन्दी गरिएका दुई वटै पेट्रोल पम्प धनीलाई तीन दिन भित्र गुणस्तर तथा नापतौल विभाग बुटवल कार्यालयमा हाजिर हुन निर्देशन दिइएको उहाँको भनाई छ । पेट्रोल पम्प धनीहरूलाई गुणस्तर नाप तौल ऐन अनुसार कारवाही हुने सहायक प्रजिअ लामिछानेले बताउनुभयो ।
सहायक प्रजिअ लामिछानेको अगुवाइ र गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक नीराजन पुडासैनीको टोलीले उक्त पेट्रोल पम्पमा सिलबन्दी गरेको हो ।