तिलक घर्तीमगर
रोल्पा, जेठ २१ गते । जिल्लाको लुङ्ग्री गाउँपालिका–६ मा रुख काट्ने क्रममा मुढा पल्टिँदा एक जना महिलाको ज्यान गएको छ । मङ्गलबार कालीमाटी सामुदायिक वनमा रुख काट्दै गर्दा लुङ्ग्री गाउँपालिका–६ उपल्लो गुम्चाल दरालसिमकी २६ वर्षीया प्रतीक्षा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
छिमेकी निलबहादुर विष्टले रुखा ढालेर मुढा काट्ने क्रममा मुढा पल्टिँदा बुढाथोकीलाई लागेको थियो । मुढा लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले घटनाको बारेमा प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
निलबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बुढाथोकीका ११ वर्षका छोरा र ६ वर्षकी छोरी रहेका छन् ।