• १६ चैत २०८०, शुक्रबार

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

blog

काठमाडौं, साउन २८ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध हुनुभएको छ । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ ।

मनिष एक बर्षका लागि इत्तेहाल अल रेफमा अनुबन्ध हुनुभएको हो । उहाँको पारिश्रमिक बारे भने खुलाईएको छैन । इत्तेहाल अल रेफ दोस्रो श्रेणीको क्लब हो । नेपालको घरेलु लिगमा मनिषले मछिन्द्र क्लबबाट गतवर्ष ‘ए’ डिभिजन लिग खेल्नुभएको थियो ।

मच्छिन्द्रले लिगको उपाधि समेत जितेको थियो । उहाँले विश्वकप छनोटको तयारीका लागि  इराकमा भएको मैत्रीपूर्ण खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीबाट १४ खेले खेल्दै दुई गोल गर्नुभएको छ ।