• ६ साउन २०८१, आइतबार

पाशुपत क्षेत्रमा वृक्षबन्धन

blog

काठमाडौं साउन २७ गते। रक्षाबन्धन पर्वको अवसरमा वातावरण स्वंयम सेवक समूहले पाशुपत क्षेत्रको मृगस्थली वनमा वृक्षलाई रक्षाबन्धन बाध्दै वृक्ष बन्धन कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा वातावरण अभियन्ता आनन्द भण्डारीले वृक्ष बन्धनको औचित्यमा प्रष्ट पार्दै हामीले जसरी दाजुभाइ र दिदीबहिनीको दीर्घायु र सु–स्वास्थको कामना गर्दै रक्षाबन्धन बाँधेर संरक्षणको सकल्प गछौं त्यसरी नै प्राणवायु अक्सिजन बोक्ने वृक्षको सरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य भएको बताउनुभयो । 

कार्यक्रममा पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकी, वरिष्ठ वातावरण कानुनविद प्रा. डा. तरप्रसाद सापकोटा, डा.चिरिन्जीवी भट्टराई, वन विभागका पूर्व महानिर्देशक गौरीशंकर तिमला, मनबहादुर खडका, डिभिजन वन कार्यलय प्रमुख बद्रीकुमार कार्की, प्रेम शर्मा, प्रो–पब्लिकका अध्यक्ष प्रकाशमणि शर्मा साथै वन संरक्षण अभियन्ता सुरेश शर्मा लागायत ३५ जनाको सहभागिता थियो । कार्यक्रम बटुकबाट स्वस्थी वाचन गरिएको थियो ।