• ५ साउन २०८१, शनिबार

पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा

blog

तस्बिर : रासस

काठमाडौँ, साउन ५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँका छोरा अरुण चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुग्नुभएका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका सुझाव लिन निवासमै आउनेसमेत बताउनुभएको थियो । रासस