• ५ साउन २०८१, शनिबार

अमेरिकी डलर अहिलेसम्मकै उच्च

blog

काठमाडौँ, साउन ५ गते । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुव्रmबारका लागि एक अमेरिकी डलरको बिव्रmीदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपियाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अबमूल्यन भएको छ ।

भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबिच स्थिर विनिमय दर कायम रहेको छ ।

अमेरिकी डलरको मूल्यवृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषक बताउँछन् ।