• ५ साउन २०८१, शनिबार

सिमलताल दुर्घटना : २५ शव भेटिए, १७ जनाको सनाखत

blog

उद्धारमा सक्रिय सुरक्षाकर्मी । फाइल तस्बिर

काठमाडौँ, साउन ५ गते। चितवनको सिमलताल पहिरोले बगाएका दुई बसमा सवार यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ। जसमध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। 

असार २८ गते बेपत्ता भएको बस तथा यात्रुको खोजीका नेपाली सेना र नेपाल प्रहरीसमेत छिमेकी देशबाट आएका विज्ञ सक्रिय छन्। तर अहिलेसम्म दुवै बस फेला परेका छैनन्। 

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा पहिरोसँगै खसेका थिए। 

शनिबार दिउँसोसम्मा प्रहरीले ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदिप विका, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोक कुमार यादव, ऋषिकुमार सिंह, विवेककुमार, जितेन्द्र राम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम, माइला भनिने राजेन्द्र लामिछानेको सनाखन भएको प्रहरीले बताएको छ। अहिलेसम्म शव भेटिएकामध्ये ६ पुरुष र दुई महिलाको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ।