• ८ वैशाख २०८१, शनिबार

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

blog

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीका निर्वाचित पदाधिकारीहरु ।

काठमाडौं, साउन २८ गते । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन हुनुभएको छ । मञ्चको शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा हुनुभएको हो ।  

मञ्चको प्रथम उपाध्यक्षमा शङ्कर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर बिष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन हुनुभएको छ । सदस्यहरुमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत हुनुहुन्छ । 

मञ्चका निवर्तमान अध्यक्ष सीताराम ओझाको अध्यक्षता भएको साधारणसभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह, खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले शुभकामना दिनुभएको थियो ।