• ६ साउन २०८१, आइतबार

तीज गीत 'माइती आँगन' सार्वजनिक

blog

काठमाडौं, साउन २८ गते । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुमा प्रवासमा रहेका नेपालीको तर्फबाट उपहारस्वरुप तीज गीत भिडियो सार्वजनिक गरिएको छ । भिडियो 'इनफोकस यु ट्युब च्यानल'मार्फत सार्वजनिक गरिएको हो ।

प्राश्ना शाक्यको स्वर रहेको सार्वजनिक ‘माइती आँगन’ बोलको गीतमा मन्जु खनालको शब्द रचना तथा सुनिल माष्केको सङ्गीत  छ । 

कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोमा तीजमा जम्मा भएर चेलीहरुले रमाइलो गरेको प्रसङ्गलाई देखाउन खोजिएको छ । विनीता थापाको कोरियोग्राफी रहेको भिडियोको कलर संयोजन भरत रेग्मीले गर्नुभएको हो ।

भिडियोमा आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ ,निरु कोइराला, रिमा कँडेल, अमिका महत, शिक्षा पौडेल, विनीता थापा, बिनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा, दीपक थापा र मैथाने मगर फिचर्ड छन् ।