• ६ साउन २०८१, आइतबार

कोइराला आदर्शवादी नेता

blog

काठमाडौँ, साउन २८ गते  । नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको ८३ औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।  

पूूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कोइराला १९९७ साल साउन २७ गते जन्मनुभएको हो । उहाँकै नेतृत्वमा २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी भएको थियो । सुशील कोइराला मेमोरियल फाउन्डेसनले एक विज्ञप्ति जारी गरी कोइराला राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तवादी नेता भएको उल्लेख गरेको छ ।