• ५ साउन २०८१, शनिबार

गंगालाल अस्पतालद्वारा सेवा शुल्क पुनरवलोकन

blog

काठमाडौं, साउन २७ गते । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिँदै आएको सेवा शुल्कहरुमा पुनरवलोकन गरेको छ ।  अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै सेवा शुल्कमा पुनरवलोकन गरेको जनाएको हो । 

केन्द्र सञ्चालन समितिमार्फत गठित पुनरवलोकन समितिको सिफारिसका आधारमा सेवाका अस्पतालले शुल्कहरु पुनरवलोकन गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, अनावश्यक रुपमा सेवा शुल्क वृद्धि गरिएको भन्ने विभिन्न सञ्चारमाध्ययमा आएका भ्रम सिर्जना गर्ने खालका समाचारप्रति केन्द्रले दुःख व्यक्त गरेको छ ।

पुनरवलोकन भएका शुल्कहरुमा साधारण शय्या तथा इमर्जेन्सी शय्याकाे शुल्कहरु नबढाएको अस्पतालले जनाएको छ ।

अस्पतालले अक्सिजेनेटरको अभावमा केही सयम प्रभावित भएको ओपन हाट सर्जरी सेवा सुचारु भएको जानकारी विज्ञप्तिमाफर्त दिएको छ । 

केन्द्र २०५२ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि हालसम्म केन्द्रले लाखौँ मुटुरोगी बिरामीको उपचार गरिसकेको छ ।