• ५ साउन २०८१, शनिबार

थप एक जनामा हैजा पुष्टि, सङ्क्रमितको सङ्ख्या ४७ पुग्यो

blog

काठमाडौं, साउन २७ गते । काठमाडौंमा थप एक जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार गरिएको परीक्षणमा एक जनामा हैजा पुष्टि भएको जनाएको छ । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ४७ पुगेको छ ।

असार २ गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । एक महिनाको अन्तरालमा  ४७ जनामा हैजा पुष्टि भइसकेको छ । जसमध्ये १९ जना महिला र २७ जना पुरुष रहका छन् । हैजा पुष्टि हुने सङ्ख्या सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन् । सो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ ।

केस पुष्टि भएका ठाउँका ६२ वटा पानीको नमुनामध्ये ४१ नमुनामा दिसामा पाइने फिकल इकोलीन भन्ने जीवाणु भेएिको थियो ।

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउँछन् । 

पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सक बताउँछन् ।