• ५ साउन २०८१, शनिबार

रक्षाबन्धनको शुभकामना

blog

काठमाडौँ, साउन २७ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नमा मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ। रक्षाबन्धन, जनैपूर्णिमा एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा प्रधानमन्त्री देउवाले जारी गर्नुभएको शुभकामना सन्देशमा रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभएको छ। 

नेवाः संस्कृतिमा गुन्पुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीले एकापसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको छ। 

यसैगरी वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìव बोकेको गाईजात्रा पर्व नेवारी समुदाय रहेका विभिन्न ठाउँमा मनाउने गरिन्छ।