• ५ साउन २०८१, शनिबार

स्वास्थ्य बिमाका समस्या समाधान गर्न उच्चस्तरीय कार्यदल गठन

blog

काठमाडौँ, साउन २६ गते । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधानका लागि सुझाव पेस गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

उक्त कार्यदलमा प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल रहेका छन् ।

कार्यदललाई स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बीमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि पृष्ठपोषणसहित प्रतिवेदन पेश गर्नुपर्ने छ । उक्त कार्यदललाई तीन साताको समयावधि दिइएको छ ।