• ५ साउन २०८१, शनिबार

फिल्म 'चंगाचेट २'मा विपिन कार्की

blog

काठमाडौं, साउन २६ गते । कमेडी फिल्म 'चंगाचेट २'को प्रमुख कलाकारमा विपिन कार्की अनुबन्धित हुनुभएको छ । निर्माण कम्पनी डीएस डिजिटल र विपिनबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मंसिर पहिलो साता जनकपुरधाममा छायांकन हुने फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्ने भएको छ । खनालले यसपटक भने मूलधारको कमेडीमा फिल्म बनाउँदै हुनुहुन्छ । फिल्ममा विपिन पनि हास्य भूमिकामा देखिने भएका छन् ।

यो फिल्म पाँच वर्षअघिको फिल्म चंगाचेटकै दोस्रो श्रृंखला हो । मुख्य कलाकारमा यसअघि अर्पण थापा पनि जोडिनुभएको छ ।