• १५ वैशाख २०८१, शनिबार

रिचेतले आईपीओ जारी गर्ने

blog

काठमाडौँ, साउन २७ गते । रिचेत जलविद्युत् कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं. २०७० मा स्थापना भएको कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार २२४ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने निर्णय गरेको हो ।