• १६ चैत २०८०, शुक्रबार

बेहोस गर्भवतीको निःशुल्क हवाइ उद्धार

blog

फाइल तस्बिर

शिवराज ढुंगाना 

अछाम, साउन २७ गते । सुत्केरी हुन नसकेर बेहोस भएका रामारोशन गाउँपालिका बाटुलासेनकी २० वर्षीया भावाना विष्टलाई निःशुल्क हवाइ उद्धार गरेर थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।  सुत्केरी व्यथा लागेर बिहीबार रातीबाट घरमै बेहोस हुनुभएकी भावनालाई दिउँसो वयलपाटा अस्पतालमा बाट थप उपचारका लागि रेफर गरिएको हो ।  

जोखिममा रहेका गर्भवती र सुत्केरीको हवाइ उद्धार कार्यक्रम अन्तर्गत भावनाको थप उपचारका लागि निःशुल्क उद्धार गरिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । “हिजो रातीबाट अहिलेसम्म होस आएको छैन, कोहलपुर अस्पतालमै छौं” अस्पतालमा रहेका भावनाका श्रीमान् दिलिप विष्टले बताउनुभयो । अहिले कोहलपुर मेडिकल कलेजमा भावनाको उपचार भइरहेको छ ।