• ५ साउन २०८१, शनिबार

सस्तोमै पाइन्छ विद्युतीय चुलो

blog

काठमाडौँ, साउन २८ गते । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भएको हो । कम्पनीका बिक्री तथा बजार प्रवद्र्धन विभाग प्रमुख भीम थापाले बजेटमार्फत ग्यास खपत कम गर्न विद्युुतीय चुुलो प्रयोगलाई बढाउने नीतिअनुुरूप विद्युतीय चुुलो बिक्री गरिरहेको जानकारी दिनुुभयो । कम्पनीले बिक्री गरिरहेको विद्युतीय चुलो बजार मूल्यभन्दा तीन सय रुपियाँसम्म सस्तो रहेको उहाँले बताउनुभयो । 

कम्पनीले इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य तीन हजार रुपियाँ तोकेको छ । यस्तै मिडिया ब्रान्डको इन्डक्सन चुलोको मूल्य चार हजार र इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २२ को मूल्य चार हजार पाँच सय रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

मिडिया ब्रान्डको इन्डक्सनमा दुई वर्षको वारेन्टी रहेको र यो बजार मूल्यभन्दा सस्तो रहेको पनि कम्पनीको जनाएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रमाणित गरेको उच्च गुणस्तरको चुलो बजार मूूल्यभन्दा सस्तोमा बिक्री गरिरहेको कम्पनीको दाबी छ । सस्तो दरमा उपलब्ध गराएपछि अहिले विद्युतीय चुलोको दैनिक बिक्री पनि बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले दैनिक २५ वटासम्म चुलो बिक्री भइरहेको छ । 

बजारमा खाना पकाउने ग्यासको मूल्य बढेपछि उपभोक्तालाई राहत दिने उद्देश्यले विद्युतीय चुलो पुनः सस्तोमा बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि चीन सरकारको अनुदानमा प्राप्त चुलो कोरोना महामारीको समयमा बिक्री गरेको थियो ।

चालू आवको बजेटमा खाना पकाउने इन्धनका रूपमा प्रयोग हुने दाउरा गुइँठा र एलपी ग्यासलाई प्रतिस्थापन गर्न बायोग्यास, विद्युुतीय चुुलो, सुुधारिएको चुुलो तथा अन्य उपयुक्त आधुुनिक एवं किफायती प्रविधिको व्यापक रूपमा प्रवद्र्धन गरी एक लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुुँच पुु¥याइने उल्लेख छ । ग्यासमा प्रदान हुँदै आएको अनुुदान क्रमशः कटौती गरी विद्युुत् उपयोगमा अनुदान प्रदान गर्ने बजेटमा उल्लेख छ । ग्यासभन्दा सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युुतीय चुुलोको प्रयोग पनि बढ्दै गएको छ । 

कम्पनीले चुलोबाहेक अनलाइनबाट खाद्य सामग्री पनि बिक्री वितरण गरिरहेको छ । कर्णालीको सिमी, मार्सी चामल, प्रिमियम ननपोलिस बासमती चामल, घिउ, तेल, मार्सी चामल, एसटीसी ग्यासलगायतका अन्य खाद्य सामग्री आफ्नो बिक्री केन्द्रबाट अनलाइनमार्फत उपलब्ध गराइरहेको जनाएको छ । उपत्यकाको ट्राफिक मध्यनजर राख्दै उपभोक्ताको आवश्यकताअनुसार काठमाडौँको रामशाह पथ, थापाथली, भक्तपुर र ललितपुरको नख्खुुबाट उपभोग्य वस्तुु निःशुल्क अनलाइनबाटै घरसम्मै पु¥याइरहेको कम्पनीले जानकारी दिएको छ । हाल अनलाइनबाट एक जनाले दुई हजार रुपियाँदेखि १५ हजार रुपियाँको सामान अनलाइनमा खरिद गर्न सकिन्छ ।