• १६ चैत २०८०, शुक्रबार

मुक्त हलियाका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

blog

डोटीको सायल गाउँपालिकामा मुक्त हलियाका बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिदै । तस्विर : डिलबहादुर सिंह

डिलबहादुर सिंह

डोटी, साउन २७ गते । डोटीको सायल गाउँपालिकामा मुक्त हलिया परिवारका ४८ जना बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको छ । सम बिकास केन्द्र डोटी नामक गैर सरकारी संस्थाले सहयोग गरेको शैक्षिक सामग्री सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले एक समारोहबीच मुक्त हलिया बालबालिकाका अभिभावकलाई हस्तान्तरण गर्नु भएको हो । 

बितरण गरिएका शैक्षिक सामग्रीबाट मुक्त हलिया परिवारका बालबालिकाको पढाईमा सहज हुने गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताउनुभयो । बिद्यालय छोडने बिद्यार्थीमा मुक्त हलिया समुदायका बालबालिकाको संख्या ठूलो भएका कारण पनि पढाईको निरन्तरताका लागि मुक्त हलियाका बालबालिकालाई सहयोग प्रदान गरिएको सम बिकास केन्द्र नेपालका अध्यक्ष अधिराज बीसीले बताउनुभयो ।