केशव राज भट्ट
(बासुलिङ्ग) बैतडी, जेठ १७ गते । बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपालीमा मिनी ट्रकको ठक्करबाट पैदल हिँडिरहेका एक वृद्धको मृत्यु भएको छ ।
शुक्रवार बेलुकी धनगढीबाट बिष्टपालीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा सोही स्थानका ८१ वर्षीय महावीर बिस्टलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका बिस्टलाई तत्काल उपचारका लागि धनगढी ल्याउने क्रममा राति करिब पौने १० बजे बाटोमै मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । दुर्घटनापछि मिनी ट्रक र चालक सूर्नया गाउँपालिका–२ ग्वानी बरभएका ३१ वर्षीय मानसिंह बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिस्टको शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।