• ५ साउन २०८१, शनिबार

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

blog

काठमाडौं, साउन २७ गते । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । दुई दर्जन बढी चलचित्रमा अभिनय गर्नुभएका शाहीले शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गर्नुभएको हो । 

उहाँलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिनुभएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थिती थियो ।

शाहीले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताउनुभयो ।

अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।