म्याग्दीको बेनीमा आयोजित इच्छा स्मृति पाँचौं ‘एभरग्रीन कप’ सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युथ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा एभरग्रीनले मालिका युवा क्लबलाई टाईब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि जितेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सडक र यातायातको विकास सबैभन्दा महत्वपूर्ण भएको बताउनुभएको छ । आइतबार नेपालगञ्ज – १५ मा जमुनाहादेखि पिप्रहवासम्मको सडक निर्माणको शिलान्यास गर्दै मन्त्री राईले गाउँ गाउँमा सडक र यातायात पु¥याउने सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ श्रीलङ्का टापुका कोशी बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । विभिन्न दातृ संस्थाबाट प्रदान गरिएको राहत सामग्री संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको आतिथ्यतामा वितरण गरिएको हो ।
डडेल्धुरामा यात्रु बोकेको जीप दुर्घटना हुँदा एक गम्भीर र आठ जना घाइते भएका छन् । डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको से १ ज ५०४ नम्बरको जीप आइतबार दिउँसो अमरगढी नगरपालिका–१० ऐरीगाउँमाथिको मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दिएको छ ।
बलेफी गाउँपालिका –७ का कान्छीमाया तामाङलाई ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त भएको छ । वडा अध्यक्ष गृबिन्द्र चौलागाइँले वडा मुचुल्का गरेर तामाङलाई नागरिकता दिलाउनु भएको हो । अबिवाहित कान्छीमाया आफ्नो दिदीको छोरा रामबहादुर तामाङको आश्रयमा बस्दै आउनुभएको छ । बलेफी गापा –७ चिम्लिङबाट खाडीचौरस्थित वडा कार्यालय हुँदै सदरमुकाम चौतारा पु¥याई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएको वडा अध्यक्ष चौलागाइँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले दुुई दिन लगाएर उत्तरी चीनसँगका सीमामा स्थापना भएका प्रहरी चौकीको अनुगमन गर्नुभएको छ । कोरोना कहरपछि चीनसँगको हिल्सा नाका बन्द रहेकाबेला उहाँको टोलीले त्यहाँ स्थापना भएर सुचारु हुँदैआएका प्रहरी चौकीको अनुगमन गरेका हो ।
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले तत्काल वाम गठबन्धन सम्भव नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आगामी निर्वाचनमा वाम गठबन्धन बन्ने वातावरण नरहेको बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट चुनाव लड्ने घोषणा उहाँले गर्नुभयो ।
लगातार तेस्रो जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
श्रम र उमेर विदेशमा खर्चिनु भन्दा स्वदेशमा मिहेनत गर्दा मनग्यै आम्दानी गर्न सकिन्छ भने उदाहरण यहाँका २९ वर्षीय भुवन खराल बन्नुभएको छ । गाउँमा व्यवसायिक कृषिबाट उहाँले कोरियामा भन्दा राम्रो आम्दानी गर्नुभएको छ ।
भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् ।
काठमाडौं, भदौ ५ गते । गायक शिव परियारको नयाँ म्युजिक भिडियो 'फूलै फूल दिन्छौ कि' सार्वजनिक गरिएको छ । गीतको भिडियो 'आशिष अविरल'को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ । विवेक रसाइलीको निर्देशनमा बनेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन सौरभ लामिछानेले गर्नुभएको हो भने भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो ।
नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु भीड लागेको छ ।
सप्तरीको नाकाहरुमा पछिल्लोपटक सशस्त्र प्रहरीले सक्रियता बढाएपछि तस्करी र अवैध सामानहरु बरामद हुन थालेको छ ।