स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ ।
सुर्खेतस्थित सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा, विद्यार्थीको चापका कारण निजी शिक्षक राख्नुपर्ने बाध्यताका कारण अभिभावकबाट शुल्क लिनुपरेको बताएका छन्। राज्यले विद्यालयलाई आवश्यक भौतिक पूर्वाधार, शिक्षक उपलब्ध गराएको अवस्थामा अभिभावकबाट कुनै पनि शुल्क नलिइनेसमेत बताएका छन्। जननमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले अभिभावकबाट रहरले नभई बाध्यतावश शुल्क लिनुपरेको बताउनुभयो। उहाँले शिक्षकको अनुपातमा विद्यार्थीको सङ्ख्या कैयन् गुणा धेरै भएकाले अभिभावकको सहयोगबिना पठनपाठन सञ्चालन गर्न समस्या हुने बताउनुभयो।
बैतडीमा एकै परिवारका चार दिदीबहिनी सुरक्षा निकायमा सेवारत छन्। आठ दिदी बहिनीमध्ये तीन बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन्। दुई बहिनीमध्ये एकले नेपाल प्रहरी र अर्कीले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा रहेका छन्। बाँकी दुई जना शिक्षण पेसामा छन्।बैतडीको मेलौली नगरपालिका–७, गाउँकोटका आठ दिदीबहिनीले प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मको पढाइसमेत पूरा गरेका छन्। भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दले छोराको आसैआसमा आठ छोरीको मुहार देखेका थिए। नेपाल प्रहरीमा कार्यरत सरिता चन्दले भन्नुभयो, “लाहुरेको घरमा छोरा जन्मेन भनेर गाउँ समाजले कुरा काट्थे रे। छोराको आसमा प्रत्येक दुई वर्षको अन्तरालमा हामी जन्मिएछौँ।”
पछिल्लो समयमा स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूसम्म ज्वरोका बिरामीको चाप बढ्दै गएको छ। यहाँका सरकारी अस्पतालदेखि निजी अस्पताल र स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढेका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताउनुभयो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बाराका अधिकांश पुल जीर्ण हुँदा सवारीसाधन आलोपालो गुडाउनुपर्ने बाध्यता रहेको छ। झन्डै पाँच दशक पहिला निर्माण भएका ती राजमार्गअन्तर्गतका पुलको मर्मत कार्य नहुँदा एकतर्फी मात्र सवारीसाधन सञ्चालन हुने गरेका छन्। यो सडकमा २४औँ घण्टा आवतजावत गर्ने सवारीसाधनहरू घण्टौँसम्म रोकिँदा गन्तव्यतर्फ जान ढिलो हुने गरेको छ। अधिकांश पुलको पाया भासिसकेका छन्, पुलमा प्रयोग भएको डन्डीहरू खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । तोकिएको समयमै सम्बन्धित ठाउँमा पुग्ने हतारसँगै दुवैतर्फ चारकोसे जङ्गल भएकाले सुरक्षाको चुनौतीलाई पनि सामना गर्नुको साथै बाटोमा घण्टौँसम्म कुर्दा गाडी साहु र यात्रुको गाली खानुपर्ने आफूहरूको बाध्यता बनेको चालक बृजकिशोर सिंहले बताउनुभयो ।
उपचारको क्रममा शनिबार राती निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि ९आइतबार० गरिने भएको छ ।
नदीको धार परिवर्तन भएपछि निर्माण कार्य रोकिएर अधुरो रहेको दुर्गाभगवती गाउँपालिका–५ स्थित रौतहट र सर्लाही जोड्ने बागमती पुलको पुनर्निर्माण सुरु भएको छ। छिमेकी जिल्ला जोड्ने महत्त्वाकाङ्क्षी परियोजनाअन्तर्गत लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा ठेक्का सम्झौता गर्दै २०७० जेठ ३० मा काम सम्पन्न गर्न पुल निर्माण सुरुलगत्तै नदीले धार परिवर्तन गरेपछि बन्द भएको निर्माण कार्य १२ वर्षपछि पुनः सुरु भएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसीको कटानलाई नियन्त्रण गरी बाढी प्रभावित क्षेत्रका मानिस र जमिनलाई सुरक्षित राख्न वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ। सो कुरा मन्त्री कार्कीले शनिबार उदयपुरको बेलका नगरपालिका वडा नं. ८, डुम्रिबोटस्थिते कोसी कटान क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बताउनुभएको हो।
स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा मासिक करोडौँ रुपियाँ राजस्व उठ्न छाडेको छ। सङ्घीय सरकारले स्थानीय तहलाई भूमिको वर्गीकरण गर्न पत्राचार गर्दासमेत नभएकाले अहिले जग्गाको कित्ताकाट गरी हुने किनबेच रोकिएको र त्यसबाट प्राप्त हुने राजस्व गुमेको जनाइएको छ। चितवनमा रहेका चारवटा मालपोत कार्यालयले गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा एक तिहाइभन्दा कम मात्रै राजस्व सङ्कलन गरेका छन्।
महाबौद्धस्थित वीर अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्नेक्रममा एक जना बिरामीको तीनवटा दाँत भाँचिएको घटना सार्वजनिक भएको छ । बिरामीका आफन्तले चिकित्सकले गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् । अस्पताल प्रशासनले भने लापरबाही गरिएको नभई, उपचार गर्दा हुने जटिल समस्याका रूपमा अथ्र्याएको छ ।
काठमाडौँ महानगरपालिकाले पहिलो पटक निर्माण गरेको सिनामङ्गलस्थित व्यायाम तथा हिँडडुल गर्ने मार्ग बर्खाको झाडीले ढाकेपछि सरसफाइ गरिएको छ । विशेष गरेर सहरी बासिन्दालाई बिहान र साँझको समयमा हिँडडुल गर्नका लागि निर्माण गरिएको त्रिभुवन विमानस्थलको गेट आसपासको क्षेत्रमा घाँसपास, झाडीले ढाकेपछि लायन्स क्लब डिस्ट्रिक ‘एच’ अन्तर्गतको काठमाडौँ बाग्मती र बबरमहल क्लब मिलेर शनिबार सरसफाइ गरिएको छ ।
नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन भएको छ।
अमरराज नहर्कीतनहुँ, भदौ ४ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको सपना पूरा नभएकोले राजनीतिमा सक्रिय रहनु परेको बताउनु भएको छ । भानु नगरपालिका –१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनु भएको हो । गाउँमा बिजुली, पानी, मोटर बाटो पुगेर पनि आम्दानी र रोजगारी नपाएर नअडिएकोले रोजगारी र आम्दानी दिने सपना पूरा गर्न सक्रिय राजनीतिमा लागेको पौडेलले बताउनुभयो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने सपना पुरा नभएकोले राजनीति नछाडेको पौडेले बताउनुभयो । ‘‘गाउँमै रोजगारी सिर्जना गर्ने हो । त्यसको लागि रोजगारीको अभियान सञ्चालन गर्ने हो’’, पौडेलले भन्नुभयो । यो देश बनाउने कांग्रेसले, देश बचाउने पनि काँग्रेस नै भएकोले अन्तर्राष्ट्रियले विश्वास गर्ने कांग्रेस भएको उहाँको दाबी छ । कम्युनिष्टलाई विदेशीले नपत्याउँने हुँदा कांग्रेसलाई विजयी बनाउनुपर्ने उहाँको भनाइ छ । नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउन र सिंहदरबारको अधिकार गाउँमा ल्याउन केन्द्रीय राजनीतिमा बढी समय दिएको पौडेलले बताउनुभयो । गएको चुनावको परिणामले जिल्लामा विकास दिन नसकेको उहाँको भनाइ छ । काँग्रेस हार्दा विकास अवरुद्ध भएर पहिले भन्दापछि परेको पौडेलले आरोप लगाउनुभयो । भानु नमूनाको नगरपालिका बनाउने आफ्नो अठोट रहेको उहाँको भनाइ छ । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल विद्यार्थी सङ्घका निर्वतमान महामन्त्री दीपक भट्टराई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ सभापति श्याम मौरती लगायतले तनहुँले नेताले देशकै नेतृत्व गर्ने नेता हुनु पर्ने त्यसको वरिष्ठ नेता पौडेले तनहुँबाट चुनाव लड्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस भानु नगरपालिका –१ का वडा सभापति कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको थियो ।
परराष्ट्र मन्त्री डा.नारायण खड्काले वर्तमान सरकार गठन भएपछि नेपालको अन्तराष्ट्रिय छवि धेरै सुध्रिएको र नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय निकाय लालायत हुन थालेको बताउनुभएको छ।
नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ ।