• ६ साउन २०८१, आइतबार

विकासको सपना पूरा गर्न सक्रिय राजनीति : वरिष्ठ नेता पौडेल

blog

भानु नगरपालिका–१ भन्सारमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै वरिष्ठ नेता पौडेल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ ४ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको सपना पूरा नभएकोले राजनीतिमा सक्रिय रहनु परेको बताउनु भएको छ । भानु नगरपालिका –१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनु भएको हो । 

गाउँमा बिजुली, पानी, मोटर बाटो पुगेर पनि आम्दानी र रोजगारी नपाएर नअडिएकोले रोजगारी र आम्दानी दिने सपना पूरा गर्न सक्रिय राजनीतिमा लागेको पौडेलले बताउनुभयो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने सपना पुरा नभएकोले राजनीति नछाडेको पौडेले बताउनुभयो । 

‘‘गाउँमै रोजगारी सिर्जना गर्ने हो । त्यसको लागि रोजगारीको अभियान सञ्चालन गर्ने हो’’, पौडेलले भन्नुभयो । यो देश बनाउने कांग्रेसले, देश बचाउने पनि काँग्रेस नै भएकोले अन्तर्राष्ट्रियले विश्वास गर्ने कांग्रेस भएको उहाँको दाबी छ । 

कम्युनिष्टलाई विदेशीले नपत्याउँने हुँदा कांग्रेसलाई विजयी बनाउनुपर्ने उहाँको भनाइ छ । नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउन र सिंहदरबारको अधिकार गाउँमा ल्याउन केन्द्रीय राजनीतिमा बढी समय दिएको पौडेलले बताउनुभयो । 

गएको चुनावको परिणामले जिल्लामा विकास दिन नसकेको उहाँको भनाइ छ । काँग्रेस हार्दा विकास अवरुद्ध भएर पहिले भन्दापछि परेको पौडेलले आरोप लगाउनुभयो । भानु नमूनाको नगरपालिका बनाउने आफ्नो अठोट रहेको उहाँको भनाइ छ । 

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल विद्यार्थी सङ्घका निर्वतमान महामन्त्री दीपक भट्टराई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ सभापति श्याम मौरती लगायतले तनहुँले नेताले देशकै नेतृत्व गर्ने नेता हुनु पर्ने त्यसको वरिष्ठ नेता पौडेले तनहुँबाट चुनाव लड्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस भानु नगरपालिका –१ का वडा सभापति कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको थियो ।