पुस्तकको समीक्षा कार्यक्रममा सहभागी स्रष्टा।तस्बिर : राधा लुइटेल
नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेको हो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला एमालेका लागि सधैं मक्का मदिना भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उदघाटन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । झापाले देश निर्माणको लागि र राजनैतिक चेतका लागि भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।
६ जना कलाकारका ३५ थान कलाकृति अरुपण आर्ट ग्यालरीमा शनिबारबाट प्रदर्शनी सुरु भएको छ।
कैलालीको कैलारी गाउँपालिका –७ रामपुरस्थित कटैनी नदीले बगाएको अस्थायी काठे पुल निर्माणमा स्थानीयवासी जुटेका छन् । सामुदायिक वनले काठ उपलब्ध गराएपछि भुइयाँफाँटा र रामपुर गाउँवासीले नदीमा नयाँ काठेपुल बनाउन जुटेका हुन् ।
साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको चौंथो स्मृति दिवसको अवसरमा एक लाख ५० हजार राशिको पुरस्कार पुनलाई प्रदान गरिएको हो।
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा उहाँको छ ।
हरिकृष्ण ऐडीमुगु, भदौ ४ गते । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ को भाकामा खेलिने देउडा कार्यक्रम मुगुको गमगढी बजारमा शुक्रबार रातिदेखि शनिबार बिहानको १० बजेसम्म चलेर समापन गरिएको छ ।कोरोना न्यूनिकरण भएपछि श्रीकृष्ण जात्रा व्यवस्थापन समितिले स्थानीय रैथाने कला संस्कृतिको प्रदर्शन गर्दै यस वर्षको श्रीकृष्ण अष्टमी मनाएको हो । यस पटक जात्रामा देउडा खेल्नको लागि उल्लेख्य रुपमा छिमेकी जिल्ला हुम्ला र जुम्लाका नागरिकको सहभागिता देखिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष लोकजंग शाहीले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्रा.डा. लक्ष्मीबहादुर महर्जनले स्नातकतहदेखि नै व्यावहारिक रुपमा अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । शनिबार यहाँस्थित मंगल बहुमुखी क्याम्पसको ‘स्वागत तथा विदाई’ कार्यक्रममा बोल्नुहुँदै उहाँले अध्ययनलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन अनुसन्धान अपरिहार्य रहेको बताउनुभएको हो ।
कपिलवस्तुमा बहुमूल्य औषधीजन्य जडीबुटी तथा सुगन्धित तेल धूप उत्पादन गर्न मिल्ने अगरउडको खेती गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका ९ बर्दहवामा २.५ हेक्टर जमिनमा अगरउडका बिरुवा रोपिएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको हो ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको हो ।
निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्नेखालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न नगराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।
पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ३३७ कोरोना परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले बीपी कोइरालाको बीपी जन्मजयन्ती सन्दर्भ पारेर १४ दिने अभियान सञ्चालन गर्ने भएको हो ।