सायल गाउँपालिका–४ का पदम विक विगत पाँच वर्षदेखि जिल्ला सदरमुकाम सिलगढीमा आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । बाबुबाजेका पालादेखि आफ्नै गाउँमा आरन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएको उहाँको परिवार पछिल्लो समय सदरमुकाम सरेपछि गाउँका कृषकले सास्ती भोग्नुपरेको छ । अहिले सायलका कृषक कृषि औजार बोकेर एक दिनको यात्रा गर्दै पदमले सदरमुकाममा सञ्चालन गरेको आरनमा धाउने गरेका छन् ।
सुदूरपश्चिमको महत्त्वपूर्ण चार्ड गौरा पर्व नजिकिँदै गर्दा बजारमा बिरुडाको व्यापार फस्टाएको छ। बजारमा डालोमा राखिएको कलौं (सानो केराउ), गुरुँस (एक प्रकारको दाल), गहुँ, मास, गहतलगायत पञ्च अन्न राखिएको बिरुडा खरिद गर्नेको भीड लाग्न थालेको छ। गौरा पर्वका लागि नभई नहुने बिरुडा पहिला आफ्नै घरमा डालोमा जतन गरी राख्ने प्रचलन थियो। यद्यपि अहिले अधिकांशले बजारबाटै डालो खरिद गरेर गौरा पर्व मनाउने गरेको पाइन्छ।
पुल नभएर सास्ती खेप्दै खेपेका कपिलवस्तुका छ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीय लाभान्वित भएका छन्। लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटरसम्मका पुल निर्माण भएका छन्। दशकौँदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको छ।
धनुषाको शहीद नगरपालिका–५, पचहरवास्थित मुसहर टोलको एक मुसहर परिवार गरिबीका कारण बिचल्लीमा परेका छन्। मुसहर टोलका ३५ वर्षीय सत्रुधन सदाको परिवारका सदस्य खान, बस्न र लगाउने समस्याले बिचल्लीमा परेका हुन्। सदाको आर्थिक अवस्था दयनीय छ। बस्ने घरसमेत बनाउन नसक्दा विगत सात वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको छाप्रोमा सपरिवार बस्दै आएका छन्। प्लाष्टिकको छाप्रोमा वर्षा र शीतलहरको बेला निकै समस्या खेप्नुपर्छ। वर्षाको पानी जताततै चुहिन्छ। वर्षाको बेला बसेर समय बिताउनुपर्छ। त्यस्तै शीतलहरको समयमा बस्नै नसक्ने गरी चिसो लाग्ने सदाले बताउनुभयो। ‘दुई छाक पेट भर्ने पैसा छैन। कसरी बनाउनु घर’ उहाँले दुखेसो सुनाउनुभयो। खुट्टाले अपाङ्तासमेत रहेका सदाको श्रीमती र चार छोराछोरीसहित छ जनाको परिवार छ। श्रीमती रेणुदेवी सदा पनि सुस्त मनस्थितिकी हुनुहुन्छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा रहेका छन्। दुइटै नदीले पूर्व र पश्चिमबाट वर्षौंदेखि कटान गर्दा गाउँबस्ती नै विस्थापित हुनुपरेको छ। कपिलवस्तु हरिहरपुरका ६० वर्षीय बुदई नाउँ नदीको कटनाका कारण बर्सातको समयमा रातभर जागाराम बस्न बाध्य भएको गुनासो गर्नुहुन्छ। नदी कटानलाई समयमा नियन्त्रण गर्न सकिएन भने गाउँ नै विस्थापित हुने भनाइ नाउँको छ।
अहिलेको समय, परिस्थिति र वातावरण बुझ्नै नसकिने बन्दै गएको छ। सारा मानिस–आफ्नै जञ्जाल र गोरखधन्दामा अलमलिएका छन्। के गर्न हुने वा नहुने ? के भन्न हुने वा नहुने ? आदि स–साना विषयमा पनि मानिसलाई सम्भवतः ज्ञान, शिक्षा दिन नसकेर हो कि कसो हो ! सबैतिर अलमल देखिन्छ। मानिस बुद्धि र विवेककै कारण अरू प्राणीहरूभन्दा अग्रगन्य छ, विकासशील छ, सर्वोत्कृष्ट मानिन्छ। यसो भए पनि मानिसले आफूले आफैँलाई हेर्न पाएको हुँदैन, परख गर्न पाएको हुँदैन। समय, परिस्थिति र कालखण्डले गर्दा मानिसको सोच, विचार बदलिँदै जान्छ, दृष्टिकोण फेरिँदै जान्छ। त्यही सर्वोत्कृष्टताको कसीमा जाँचिन आफू समर्थवान् छ÷छैनाँै हेर्ने फुर्सद मानिसले कहिल्यै नपाएको हुन सक्छ या भनौँ चाहँदैन।
नेपालको संविधान (२०७२) ले देशलाई सङ्घीय संरचनामा रूपान्तरण गरेपछि स्थानीय तह सर्वाधिक शक्तिशाली बनेको छ। आम नागरिकका जनजीविका र दैनिक क्रियाकलापमा आइपर्ने अवसर र चुनौतीसँग जोडिएका हरेक विषय स्थानीय तहका कार्यक्षेत्रअन्तर्गत पर्ने भएकाले पनि स्थानीय तह जनतासँग जोडिएको सरकार बन्न पुगेको हो। त्यसो त राजनीतिक दलहरूले गाउँगाउँमा सिंहदरबारका नारा नलगाएका पनि होइनन्। कार्यान्वयनको पक्ष फितलो हुँदा गाउँगाउँमा सिंहदरबार भनेको गाउँगाउँमा भ्रष्टाचार हो भनेर समेत चिनिएको हो तर पनि दैवी विपत्तिको बेलामा होस् वा अन्य सङ्कटको क्षणमा जनतासँग सधँै उत्तरदायी रहने भनेको स्थानीय सरकार नै हो।
संस्कृत संसारकै पुरानो भाषा हो। देवताहरू पनि यही भाषामा कुराकानी गर्थे भन्ने विश्वासका आधारमा यसलाई ‘देववाणी’ पनि भनिन्छ। यसको व्याकरण व्यवस्थित र स्थिर छ। संसारको पहिलो ग्रन्थ मानिएको वेददेखि लिएर महाभारत, पुराण, रामायण, उपनिषद्जस्ता प्रातःस्मरणीय ग्रन्थ यही भाषामा लेखिएका छन्। अनेक नीतिनियम र आचारविचारदेखि लिएर, संस्कार, छन्द, ज्योतिष शास्त्र, वर्ण शिक्षा, नाटक, भूतप्रेत विद्या, इन्द्रजाल र तन्त्रमन्त्रका शास्त्रसमेत यही भाषामा लेखिएको पाइन्छ । यही भाषामा उल्लिखित विभिन्न व्यवस्थाजन्य मान्यताबाटै हिन्दु धर्मावलम्बीको दैनिक जीवन चल्ने गरेको छ। संस्कृतलाई नासाले अन्तरिक्षमा समेत प्रयोग गर्न सकिने संसारको सबैभन्दा स्पष्ट र उत्कृष्ट भाषा भनेको छ।
पछिल्ला दिनमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिकासमेतको सहकार्यमा उपत्यकामा ‘नो हर्न’ कार्यक्रम प्रभावकारी बनाउन अभियान सञ्चालन गरिरहेको छ। यस्तै प्रकृतिको ‘हर्न निषेध’ अभियान सरकारले करिब साढे पाँच वर्षअघि तामझामका साथ सञ्चालन गरेको थियो। हर्नका कारण सवारीसाधनबाट उत्पन्न हुने ध्वनिले उपत्यकामा ध्वनि प्रदूषण बढेको ठहरसहित यसमा कमी ल्याउने अभीष्टका साथ तत्कालीन समयमा अघि सारिएको यो अभियान प्रभावकारी देखिएको थियो।
बाँसको अस्थायी बाँधका कारण झापा कनकाई नगरपालिका–४, त्रिवेणी टोलको एउटा सिङ्गो बस्ती कटान हुनबाट बचेको छ। कनकाईमाईको एउटा भङ्गालो गत साउन दोस्रो सातादेखि सिँधै बस्ती ताकेर आएपछि गाउँ बगाउने भयले त्यस क्षेत्रका ७० घरपरिवार रातभर निदाउन नसकेको स्थानीय अमृत ढकालले बताउनुभयो। खोलाले धार परिवर्तन गरेर कटान सुरु गर्नसाथ कनकाई नगरपालिकाले आफ्नो खर्चमा खोलाको पूर्वी तटमा एक साताभित्रै अस्थायी बाँध बाँध्न सुरु गरेको कनकाई नगरपालिका–४ का वडाध्यक्ष रोशन सुवेदीले बताउनुभयो। “नगरपालिकाको जम्मा १२ लाख रुपियाँ जति खर्च भयो होला तर यसले करोडौँको जमिन र ७० घरपरिवार जोगिएको छ,” सुवेदीले भन्नुभयो।
सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाले एम्बुलेन्समा चर्को भाडादर कायम गरेको छ। नगरपालिकाले आफूसँग रहेका एम्बुलेन्स न्यून आयस्रोत भएका नागरिकले प्रयोग गर्नै नसक्ने गरी भाडादर तय गरेको हो। अतिआवश्यकपर्ने एम्बुलेन्समा यसरी अत्यन्तै महँगो भाडा कायम गरिएपछि चौतर्फी आलोचना भइरहेको छ।
दोलखाको कालिञ्चोक गाउँपालिक–५, लापिलाङको रानीवन पहिरो नियन्त्रणका लागि बागमती प्रदेशबाट आएको दुई करोड रुपियाँभन्दा बढी अनुदान काम पूरा नगरी हिनामिना गरेको स्थानीयवासीले गुनासो गरेका छन्। पहिरो नियन्त्रण गर्न तारजालीका लागि प्रदेशबाट आएको दुई करोड २० लाख रुपियाँ पूरा कामै नगरी हिनामिना गरेको स्थानीय रत्नबहादुर खड्काले बताउनुभयो। रकम सिध्याउन सातवटा उपभोक्ता समिति बनाई ३०/३० लाख रुपियाँ भागबन्डा गरिएको छ। स्थानीय खड्काले भन्नुभयो, “झारा टार्ने काम गरेर एक करोड ८६ लाख रुपियाँ खर्च भएको देखाइएको छ। लगाउँदै नलगाएको ७५० घनमिटर ग्याबिन कार्यालयको मिलोमतोमा घोटला गर्न पहिरोले बगाएको भनी मुचुल्का बनाइएको छ। पहिरोले तारजाली
लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न सङ्घीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ। बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ। तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ। सङ्घीय संसद्का दुवै सदनमा गरेर अहिले पनि ४९ वटा विधेयक विचाराधीन छन्। संसद्को चालू अधिवेशन नै अन्तिम हुने भएकाले तीमध्ये धेरै विधेयक कार्यकाल सकिएर निष्क्रिय हुने अवस्थामा छन्।
स्थानीयवासीको सुविधाका लागि खनिएको सडकले रामेछापको मन्थली नगरपालिका–८, चिसापानीकी ६५ वर्षीया जानुका अछामीको परिवारको घरबास उठाएको छ। घरमुनिबाट मनलाग्दी रूपमा सडक खनेका कारण अछामीको पक्की घर बस्नै नहुने गरी भासिएको छ।
कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ ।