राजन रावतहुम्ला, भदौ ३ गते । जिल्लाको एक विद्यालयमा चौध जना विद्यार्थी भर्ना भए पनि तीन जना विद्यार्थी मात्र कक्षामा नियमित उपस्थित हुनेगरेका छन् । सिमकोट गाउँपालिका –३ को लाङ्दु गाउँको महाकाल प्राथमिक विद्यालयमा हाल नियमित पठनपाठनमा सहभागी हुने बिधार्थी सङ्ख्या तीन रहेको विद्यालयका शिक्षकले जनाएका छन् ।विद्यालयका प्रधानाध्यापक भिमकुमार राईले नियमित विद्यालय आउने बिद्यार्थी तीन जना रहेको बताउनुुभयो । भर्नाको बेला कक्षा ५ सम्म चौध जना बिद्यार्थी भर्ना भए पनि नियमित अध्ययनका लागि विद्यालय आउने बिद्यार्थी कम रहेको बताउनुुभयो । सो विद्यालयमा दुई जना दरबन्दीका शिक्षक रहनुभएको छ । विद्यालय आउने बिधार्थीमा कक्षा २ मा २ जना र कक्षा ४ मा एक जना रहेको प्रधानाध्यापक राईले बताउनुुभयो । कक्षामा एक जना शिक्षकले दुई बिधार्थी र अर्को शिक्षकले एक जना बिधार्थी राखेर अध्यापन गर्नुपर्ने बाध्यता रहेको बताउनुुभयो । विद्यालयको रेकर्डअनुसार कक्षा १ मा दुुई जना, कक्षा २ मा तीन जना, कक्षा ३ मा चार जना, कक्षा ४ मा दुुई जना र कक्षा ५ मा तीन जनाको उपस्थिति देखिन्छ । भर्ना भएका सबै बिधार्थी विद्यालयमा उपस्थिति नभएको प्राधानाध्यापक राईले बताउनुुभयो । विद्यालय रहेको गाउँमा लामा र दलित समुदायको बसोवास छ । लामा समुदायले सदरमुकाम सिमकोट र जिल्ला बाहिर बच्चा पढाउने गर्दैआउनुभएको छ । दलितका बालबालिका मात्र सो विद्यालयमा भर्ना भएका छन् । लामा बस्ती भए पनि चार जना मात्र लामाका बिधार्थी विद्यालयमा भर्ना भएका छन् ।नियमित विद्यालय आउने बिद्यार्थीलाई पढाउनै पर्ने बाध्यता भएको प्राधानाध्यापक राईले बताउनुभयो । गाउँपालिका शिक्षा शाखाका नायव सुब्वा कृष्णप्रसाद आचार्यका अनुसार विद्यालयमा विद्यार्थी संख्या कम भएपनि दिवाखाजाको सुविधा प्रदान गरिदैआएको बताउनुभयो । विद्यालयको अनुगमन गरी सो सुविधा दिने नदिनेबारेमा निर्णय लिइने उहाँले बताउनुभयो ।विद्यालयमा बिद्यार्थी तीन जना मात्र कक्षामा उपस्थित हुने भएपछि अब सो विद्यालयका एक जना शिक्षकलाई अन्यत्र काज सरुवा गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
भारतमा एक दिनमा पन्ध्र हजार सात सय ५४ जना कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।
पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो ।
काठमाडौं, भदौ ३ गते । झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवद् गीता’को औपचारिक घोषणा भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युबबाट फिल्मबारे जानकारी दिइएको हो । जनकपुरधामको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा उहाँकाे प्रस्तुती देख्न सकिन्छ ।सार्वजनिक टिजरले फिल्मको मुख्य पात्र गीतको चरित्रलाई स्थापित गरेको छ । फिल्मको नायक भने सार्वजनिक गरिएको छैन ।२०८० सालको वैशाख १ गतेकाे रिलिज घोषणासमेत गरिएको छ । सुहाना थापाकै होमप्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सहनिर्माता र अमेरिका वितरकको रुपमा अमृत राई, जंग राई र खेम गुरुङ हुनुहुन्छ ।सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, उत्तम न्यौपानेको ध्वनि डिजाइन रहेको छ । कृष्ण जन्माष्टमीमा फिल्मको औपचारिक घोषणा भएको हो।
कपिलवस्तुको शिवराज नगरपालिकामा तीज महोत्सव सञ्चालनमा आएको छ । हरितालिका तीजलाई लक्षित गर्दै सञ्चालनमा आएको महोत्सव भाद्र १४ गतेसम्म चल्ने बताइएको छ । तीजको अवसरमा पर्यटन प्रवर्धन सँगै कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले बिहीबारदेखि सुरु भएको हो ।
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
नेपालमा सूचनाको हक कार्यान्वयन भएको शुक्रबार १६ वर्षमा प्रवेश गरेको छ । नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ लगायतका ऐन कानुन बनेपछि २०६५ सालमा राष्ट्रिय सूचना आयोग स्थापना भएपछि सूचनाको हक लागू भएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमृत कोषको स्थापना गरिनु मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनुभएको छ । परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीको ६३ औं वार्षिकोत्सव तथा स्तनपान व्यवस्थापन केन्द्रको शुक्रबार यहाँ उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो ।
काठमाडौं, भदौ ३ गते । प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक भएको छ । 'जी म्युजिक कम्पनी'बाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर सार्वजनिक गरिएको हो । निर्माता सन्तोष सेनका अनुसार सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुनेछ । फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ । फिल्म सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनेको हो । प्रदीप र मनीषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायाङ्कन गर्नुभएको हो । हिन्दी टिजरनेपाली टिजर
चितवनमा शुक्रबार बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार शुक्रबार बिहान रत्ननगर नगरपालिका ९ मा पर्ने पूर्व–पश्चिम राजमार्गको टिकौलीको खगेरी खोला पुल नजिकै नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा रत्ननगर ९ गणेशचोक बस्ने बर्ष ७५ को खडकबहादुर रानामगरको मृत्यु भएको हो ।
बैतडीको सिगास गाउँपालिकामा दुई जना युवायुवती चिउरीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सिगास गाउँपालिका –३, घर भएका २० वर्षीय केशव दमाई र १९ वर्षीय रमतिा विक सिगास गाउँपालिका– ५, खयरकोटमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँबाट नै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शुक्रबार दनौलीमा सञ्चारकर्मीसँग कुरा गनुहुँदै नेता पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभएको हो ।
काठमाडौं, भदौ ३ गते । अक्षयकुमार अभिनीत फिल्म ‘कठपुतली’ को टिजर सार्वजनिक भएको छ । फिल्ममा अक्षय प्रहरीको भूमिकामा देखिनुभएको छ । फिल्म ‘कठपुतली’ तमिल फिल्म ‘रत्सासन’ को हिन्दी रिमेक हो । फिल्ममा अक्षयसँगै रकुल प्रीत कौर पनि मुख्य भूमिकामा हुनुहुन्छ । निर्माण टिमले फिल्मको टिजर सेयर गर्दै यो फिल्म सेप्टेम्बर २ मा 'ओटीटी'मा रिलिज हुने बताएको छ ।
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बुबा र छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ ।