• ६ साउन २०८१, आइतबार

फिल्म 'भगवद् गीता' बन्ने

blog

काठमाडौं, भदौ ३ गते । झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवद् गीता’को औपचारिक घोषणा भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युबबाट फिल्मबारे जानकारी दिइएको हो । जनकपुरधामको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा उहाँकाे प्रस्तुती देख्न सकिन्छ ।

सार्वजनिक टिजरले फिल्मको मुख्य पात्र गीतको चरित्रलाई स्थापित गरेको छ । फिल्मको नायक भने सार्वजनिक गरिएको छैन ।

२०८० सालको वैशाख १ गतेकाे रिलिज घोषणासमेत गरिएको छ । सुहाना थापाकै होमप्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सहनिर्माता र अमेरिका वितरकको रुपमा अमृत राई, जंग राई र खेम गुरुङ हुनुहुन्छ ।

सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, उत्तम न्यौपानेको ध्वनि डिजाइन रहेको छ । कृष्ण जन्माष्टमीमा फिल्मको औपचारिक घोषणा भएको हो।