• ६ साउन २०८१, आइतबार

कपिलवस्तुमा तीज महोत्सव सुरु

blog

जानु पाण्डे

कपिलवस्तु, भाद्र ३ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा तीज महोत्सव सञ्चालनमा आएको छ । हरितालिका तीजलाई लक्षित गर्दै सञ्चालनमा आएको महोत्सव भाद्र १४ गतेसम्म चल्ने बताइएको छ । तीजको अवसरमा पर्यटन प्रवर्धन सँगै कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले बिहीबारदेखि सुरु भएको हो । 

तीज महोत्सवमा परम्परागत संस्कृति झल्किने गीत, राष्ट्रिय स्तरका कलाकारद्वारा साङ्गीतिक कार्यक्रम प्रदर्शन हुने आयोजक छमछमी कला केन्द्रका संयोजक सुमन पौडेलले बताउनुभयो । तीजको अवसरमा संस्कृति जोगाउन महोत्सव सञ्चालन हुनु सुखद रहेको लुम्बिनी प्रदेश सांसद अर्जुनकुमार केसीले बताउनुभयो । 

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले संस्कृतिको उत्थानका निम्ति मेलाले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । यस क्षेत्रको प्रचार प्रसारका लागि अरुको मुख ताक्नुभन्दा सबैले आफनो ठाउँबाट लाग्नुपर्नेमा जोड दिँदै थापाले कपिलवस्तुको गरिमालाई अझै फराकिलो बनाउने बताउनुभयो ।