• ६ साउन २०८१, आइतबार

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

blog

शान्ता अधिकारी 

चितवन, भदौ ३ गते । चितवनमा शुक्रबार बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार शुक्रबार बिहान रत्ननगर नगरपालिका -९ मा पर्ने पूर्व–पश्चिम राजमार्गको टिकौलीको खगेरी खोला पुल नजिकै नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा रत्ननगर -९ गणेशचोक बस्ने बर्ष ७५ को खडकबहादुर रानामगरको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाईते रानाको उपचारको क्रममा मृत्यु भएको हो । उहाँलाई बिहान ५ बजेको आसपासमा गाडीले ठक्कर दिएको र ६ः१५ बजेको समयमा मृत्यु भएको प्रहरीको भनाइ छ । 

यसैवीच शुक्रबार बिहान अन्दाजी ३ः३० बजेको समयमा ईच्छाकामना गाउँपालिका -४ कुरिनटारमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमांडौबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकको पछाडि सोही दिशाबाट आइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाईकल ठोकिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

ठोकिएर गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृतकको साथमा भेटिएको सवारीचालक अनुमतिपत्रको आधारमा मृतकमध्ये एक जना दैलेख चामुण्डा विन्द्रासाईनी नगरपालिका ६ बस्ने बर्ष २५ को सरोज रोकाया र अर्को व्यक्ति काठमाडौं महानगरपलिका ११ बस्ने बर्ष ३२ को सरोज माझी भएको खुलेको छ ।

दूर्घटनामा घाइते भएकालाई चितवन मेडिकल कलेजमा उपचारको लागि ल्याइएको थियो । उपचारका क्रममा उहाँहरुको मृत्यु भएको थियो । कुरिनटारमा भएको दूर्घटनामा ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रत्ननगरको घटनाको सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।