कपिलवस्तुको शिवराज नगरपालिका ११ थुन्हियामा बिकास बाला एक दशकदेखि मेडिकल सञ्चालन गर्दैआएका थिए । भारतको पश्चिम बंगालका बाला औषधी पसल खोल्न नेपाल आएका हुन् । कक्षा १० सम्म अध्ययन गरेका उनले स्वास्थ्यकर्मी बनेर उपचार गर्दैआएका थिए ।
गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज (शनिबार) वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका बौद्धिक नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
भारतमा सवारी दुर्घटनामा परी शुक्रबार पाँच जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २५ जना घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । देशको राजस्थान राज्य अन्तर्गत पर्ने पाली जिल्लामा शुक्रवार राती दुर्घटना भएको हो ।
कुनै समय अत्यावश्यक सेवा दिने मोरङको रतुवामाई–१० सातमेडीको अतिरिक्त हुलाक कार्यालय यतिबेला संरक्षण पर्खिरहेको छ । विसं. २०३५ सालमा स्थापना भएको अतिरिक्त हुलाकमा चिट्ठीपत्र आदान–प्रदान हुन छोडेपछि कार्यालय सुधारमा कसैको ध्यान पुगेको छैन ।
ताप्लेजुङ नेवार समाज काठमाडौँले वसन्तपुर डबलीमा ‘लाखेनाच’ प्रदर्शन गरेको छ। विविध पेसा, व्यवसाय गर्न र अध्ययनको सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका ताप्लेजुङका नेवार समुदायले कला संस्कृतिको प्रवद्र्धन र सुख, दुःख पर्दा एक/अर्कालाई सहयोग आदान–प्रदान गर्न गठन गरेको ‘ताप्लेजुङ नेवार समाज काठमाडौँ’ गठन भएको हो। समाजमार्फत विगत तीन वर्षदेखि ताप्लेजुङमा नाचिने लाखेनाचलाई राजधानीमा पनि प्रदर्शन गर्दै आएको समाजले जनाएको छ।
शुक्रबार सिनेमाघरहरूमा नयाँ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। रञ्जित रौनियारको ‘माइकल अधिकारी’, दीपक वली निर्देशित ‘कृष्णलीला’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ प्रदर्शनमा आएका हुन्।
नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ ।
सहरमा खाली ठाउँ छैन । माना मुरी उत्पादन हुने खेतलाई जग्गा व्यावसायीले काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ ।
काठमाडौं, भदाै ४ गते । काँडाघारीस्थित अक्षरा स्कुलले 'अक्षरा स्कुल संस्कारण' पाठ्यपुस्तक शुक्रबार विमोचन गरेको छ । वरिष्ठ चिकित्सक प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, डा. भगवान कोइराला, अक्षरा स्कुलका प्रधानाध्यापक अञ्जु भट्टराई र पुस्तककका लेखक डा. राजु अधिकारीले संयुक्त रुपमा विमोचन गर्नुभएकाे हाे। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संस्कारबारे सिकाउन नसकेकाले परीक्षामा राम्राे अंक ल्याएर उत्तीर्ण गरेकाहरू जीवनको परीक्षामा असफल हुने गरेकाे बताउनुहुँदै भन्नुभयाे, ''संसार बदल्ने हो भने पहिला आफैँ बदलिनुपर्छ, त्यसकाे लागि संस्कार जान्नुपर्छ । संस्कारसहितको शिक्षा हुनुपर्छ ।''पुस्तकबारे चर्चा गर्नुहुँदै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्सँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ''अहिले विज्ञान छ, प्रविधि छ, भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।'' स्कुलका संस्थापक एवं प्रधानाध्यापक अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुल स्थापना गरेको बताउनुभयो । अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कारयुक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।
लिखित दस्तावेजहरू इतिहासका प्रमुख अध्ययन सामग्री हुन् । इतिहासका दस्तावेज तत्कालीन समयमा प्रचलित लिपिमा लेखिने भएकाले लिपिज्ञान इतिहास अध्ययनका लागि आवश्यक पर्दछ । नेपालको इतिहासमा काठमाडौँको मालीगाउँमा भेटिएको जयवर्माको ठहरिएको मूर्तिमा उत्कीर्ण छोटो अभिलेख आजसम्म भेटिएकामध्ये सबभन्दा पुरानो मानिन्छ । लिच्छविकाल नाम दिइएको नेपालको इतिहासको एउटा कालखण्डमा प्रचलित लिपि भएको र नेपाली मौलिकतासमेत झल्किने कारण यसलाई लिच्छवि लिपि भन्नु तर्कसङ्गत देखिन्छ भन्ने केही विद्वान्को राय छ । लिपिविद् डा. नयनाथ पौडेलको हालै ‘लिच्छवि लिपि’ शीर्षकमा एउटा ग्रन्थ प्रकाशन भएको छ । डा. पौडेलले ग्रन्थमा उक्त लिपिका वर्णमाला, वर्णहरूका आकारप्रकार आधिकारिक अभिलेखहरूको सन्दर्भसहित परिशीलन गर्नुभएकाले यो ग्रन्थको छुट्टै महìव देखिन्छ ।
करिब आठ वर्षअघि बेलायतको एक प्रसिद्ध सञ्चार माध्यम टेलिग्राफले १० सर्वोत्कृष्ट एसियाली उपन्यासको सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा भारतबारे लेखिएका पाँच वटा उपन्यास थिए । तीमध्ये चार वटाका लेखक भारतीय थिए । तीन वटा उपन्यासका लेखक जापानी थिए । उक्त सूचीमा चिनियाँ लेखकले लेखेको एउटै मात्र उपन्यास परेको थियो । तर त्यो उपन्यास उक्त सूचीको प्रथम स्थानमा रहेको थियो । उक्त उपन्यासको नाम ‘रातो महलको सपना’ थियो । रातो महलको सपना चिनियाँ भाषामा ‘होङ्–लउ–मङ्’ करिब २५० वर्ष पहिले चिनियाँ हान् भाषामा लेखिएको एक प्रसिद्ध उपन्यास हो ।
दुःख पर्दा ताली पिट्ने सुख पाउँदा छाती पिट्ने देख्दा देख्दै जान्दा जान्दै आफन्त नै भन्नु पर्ने ।
छन् छोरा दुई नाति तीन अहिले, छिन् नातिनी भोमिला । छन् हाम्रा सुतका बधू पनि अहा ! तारा तथा मोमिला ।। पूरै शिक्षित शिष्ट सभ्य सबले, भन्छन् प्रशंसा गरी । एक्लै छौँ र अशक्त छौँ दुई यहाँ, आधार छन् श्रीहरि !!